• २०८१ बैशाख १४ शुक्रबार

आगामी शनिबार र आइतबारको सार्वजनिक बिदामा बैंक-फाईनान्स खोल्न राष्ट्र बैकको निर्देशन

kharibot

काठमाडौ । नेपाल राष्ट्र बैकले सार्वजनिक बिदाका दिनमा पनि बैंक तथा फाईनान्स कम्पनीहरुलाई कारोवार खुल्ला गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैकले बिहिबार बैंक तथा फाईनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दे दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लामा यही मंसिर १६ र १७ गते सार्वजनिक बिदा परेपनि बैंक तथा फाईनान्स कम्पनीहरु खुल्ला राख्न निर्देशन दिएको छ ।

राष्ट्र बैकका अनुसार बिदाकाकारण भुक्तानीमा असुबिधा हुने भन्दै नेपाल सरकार अर्थमन्त्रालय र बित्तीय क्षेत्र व्यवस्थापन महाशाखा समेतको पत्रका आधारमा बैैक तथा फाईनान्स कम्पनीहरुलाई सेवा सुचारु राख्न निर्देशन दिईएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै