• २०८१ बैशाख ७ शुक्रबार

धुर्मुस सुन्तलीको वैवाहिक बर्षगाँठमा रोमान्टिक गीत उपहार (भिडियो सहित)

kharibot

काठमाडौँ । धुर्मुस सुन्तलीले आफ्नो वैवाहिक जीवनको दशौ बर्षको अवसरमा रोमान्टिक गीत सार्वजनिक गरेका छन् ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरु सँगैं आफ्नो वैवाहिक बर्षगाँठ मनाउदै सो गीत सार्बजनिक गरेका हुन् ।
‘म जुन दिन देखी’ बोलको गीतको भिडियोमा धुर्मुस र सुन्तलीले अभिनय गरेका छन् ।

संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयका सचिव समेत रहेका दिनेश थपलियाको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने राजेश पायल राई र अन्जु पन्तले आवाज दिएका छन् ।

कतारमा समेत छांयाकन गरिएको उक्त भिडियोमा माया प्रेमको रोमान्स देखाईएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै