• २०८१ बैशाख १४ शुक्रबार

पिएसजीमा नेइमारको जादु, जिताए अर्को खेल 

kharibot

काठमाडौँ । फ्रेन्च लिगमा पिएसजीको विजयी यात्रा कायमै रहेको छ । यस सिजनमा अपराजित रहेको पिएसजीले गएराती भएको खेलमा ट्रोएसलाई २-० ले पराजित गरेको छ । 

पिएसजीको यस जितमा बार्सिलोनाबाट यसै सिजन पिएसजी आएका नेइमारको भूमिका महत्वपूर्ण रह्यो । नेइमारले एक गोल गरे भने यस खेलमा कभानीका लागि एक गोल असिस्ट गरेका थिए ।

खेलको ४१औ मिनेटमा पाएको पेनाल्टी कभानीले मिस गरेपछि पहिलो हाफमा खेल बिना कुनै गोल बराबरीमा सकिएको थियो । दोस्रो हाफमा ७१औ मिनेटमा नेइमारले गोलगर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९०औ मिनेटमा नेइमारको पासमा कभानीले गोल गरेका थिए ।

पिएसजीले लिग वानका पछिल्ला ३५ खेलमा एक खेलमा मात्र पराजय भोग्नु परेको छ ।

जितसँगै पिएसजीले फ्रेन्च लिगमा १५ खेलमा ४१ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको मार्सेइली भन्दा १० अंकले अगाडी रहेको छ । त्यस्तै ट्रोएस भने १५ खेलमा १८ अंक सहित लिगको १३औ स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै