• २०८१ बैशाख १३ बिहीबार

ट्रम्पले गरे मुस्लिम विरोधी भिडियो रिट्वीट, बेलायतले भन्यो ‘गलत काम’

kharibot

वाशिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्टबाट तीन वटा मुस्लिम समुदाय विरोधी भिडियो रिट्वीट गरिएको छ । ट्रम्पको एकाउन्टबाट एक कट्टरपन्थी ब्रिटिस समूहले गरेको ट्वीटलाई रिट्वीट गरिएको हो । 

पहिलो ट्वीट ब्रिटेन फर्स्टका उपनेता जेडा फ्रान्सेनको छ  । यो ट्वीटमा एक मुस्लिम समुदायका व्यक्तिलाई हमला गरेको उल्लेख छ । दक्षिणपन्थी ब्रिटिस नेसनल पार्टी (बिएनपी) का पूर्व सदस्यहरु मिलेर सन् २०११ मा ब्रिटेन फर्स्टको स्थापना गरेका थिए । यो संगठन सामाजिक सञ्जालमा विवादित पोस्ट गर्ने संगठनका रुपमा चिनिन्छ । 

दक्षिणपन्थी संगठन ब्रिटेन फर्स्टले बेलायतको इस्लामीकरण भैरहेको आरोप लगाउँदै आएको छ । यस संगठनले बेलायतको चआमा चुनावमा प्रवासी विरोधी र गर्भपात विरोधी नीतिलाई मुद्धा बनाएर उम्मेदवार उठाउँदै आएको छ । तर अहिलेसम्म यसले कुनै सिट जितेको छैन । प्रान्सेनलाई ट्वीटरमा ५२ हजार जनाले पछ्याएका छन् । 

डोनाल्ड ट्रम्पले रिट्वीट गरेकोमा फ्रान्सेनले खुशी व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘डोनाल्ड ट्रम्पले आफैले यी भिडियोलाई रिट्वीट गरेका छन् । उनका चार करोड फ्लोअर्स रहेका छन् । इश्वरले तपाईँको रक्षा गरुन् । अमेरिकालाई पनि इश्वरको आर्शीवाद लागोस् ।’

ट्रम्पको ट्वीटरबाट ति भिडियो रिट्वीट भएपछि बेलायतकी प्रधानमन्त्री थेरेसा मे ले सो को विरोध गर्दै ट्रम्पले गलत काम गरेको आरोप लगाएकी छन् । उनका तर्फबाट उनकी प्रवक्ताले एक विज्ञप्ति मार्फत ट्रम्पको सो कदम गलत भएको बताएकी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै