• २०८१ बैशाख १२ बुधबार

चुडामणि शर्माको मुद्धाको शुक्रबार निर्णय आउने

kharibot

फाइल तस्विर

काठमाडौँ  । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनीरुपमा थुनामा राखेको भनी दायर रिट निवेदनमाथिको सुनुवाइ सकिएपछि शुक्रबार निर्णय सुनाउने भएको छ । 

न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलाशमा आज सुनुवाइ सकेको हुनाले निर्णय शुक्रबार सुनाउन लागिएको हो । 

सो निवेदनमाथि गत आइतबार आयोगका तर्फबाट अधिवक्ताहरु परशुराम कोइराला तथा चेतनाथ घिमिरे र निवेदकका तर्फबाट अधिवक्ता ललित बस्नेतले बहस गरेका थिए । 

गत बुधबार सरकारका तर्फबाट महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट अधिवक्ता बोर्णबहादुर कार्की, नरेन्द्रप्रसाद पाठक र यज्ञमूर्ति बन्जाडेले बहस गरेका थिए । 

शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएमुताबिक अहिले थुनामा राखिएको छ । सर्वोच्च अदालतको आदेशमा गत मंगलबारदेखि शर्मालाई न्यायिक हिरासतमा राखिएको छ । 

गत असार ४ गते न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र प्रकाश राउतको संयुक्त इजलाशले शर्माको विशेष अदालतको मुद्दालाई यथास्थितिमा राखी सो मुद्दा पूर्ण इजलाशमा पठाउन आदेश दिएको थियो । 

शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई शर्मालाई गैरकानुनीरूपमा थुनामा राखेको जिकिरसहित गत असार २७ गते बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् । 

कर फछ्र्यौट आयोगका सदस्य सचिवसमेत रहनुभएका शर्मामाथि एनसेललाई स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई उन्मुक्ति दिएको रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै