• २०८१ बैशाख १३ बिहीबार

मेसी अनुपस्थित खेलमा बार्सिलोनाको गोल वर्षा, कोपा डेल रेको अन्तिम १६ मा

kharibot

काठमाडौँ । कोपा डेल रे अन्तर्गत बार्सिलोनाले रियल मुरीकामाथि ५-० को ठुलो जित हासिल गरेको छ । 

आफ्ना महत्वपूर्ण खेलाडी लियोनेल मेसी, लुइस स्वरेज, इनेष्टाल लगायतलाई विश्राम दिएको बार्सिलोनाले पहिलो लिगमा ३-० को अग्रता र दोस्रो लिगमा ५-० सहित ८-० को समग्र जित सहित कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ ।

बार्सिलोनाको जितमा पाको अल्कासर, पिक्यू, एलेक्सिस भिडाल, डेनिस स्वरेज र जोसे अर्नैजले गोल गरेका थिए ।

यो सँगै बार्सिलोनाको तर्फबाट यस सिजनमा फरक फरक प्रतियोगितामा गोल गर्ने खेलाडीको संख्या १५ पुगेको छ । बार्सिलोनाले कोपा डेल रे को उपाधि यस अघि २९ पटक जितिसकेको छ ।

त्यस्तै पछिल्लो तीन बर्ष लगातार बार्सिलोनाले नै यो उपाधि जितेको छ भने चौथो पटक लगातर जित्न प्रयासमा रहेको छ । यस अघि एथलेटिक क्लबले मात्र कोपा डेल रे को उपाधि लगातार चार पटक जितेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै