• २०८१ बैशाख ७ शुक्रबार

काजोल र करण जोहर फेरी बने साथी

kharibot

करण जोहर र काजोल, फाइल तस्विर

काठमाडौँ ।  बलिवुडमा मित्रता र दुस्मनीका अनेकौ समाचार आइरहेका हुन्छन । यसैबीच निर्माता, निर्देशक करण जोहर र अभिनेत्री काजोलको बिग्रिएको सम्बन्ध फेरी सुध्रिएको छ ।

केहि दिन अघि अघि करण जोहरले काजोलको इन्स्टाग्राममा फेरी फलो गरेपछि सो अड्कल लगाइएको थियो । त्यसपछि काजोलले पनि उना दुई बच्चाको तस्विर लाइक गरेर बिचमा भएको खटपट मिलेको संकेत गरेकी थिइन् ।

फिल्मफेयरका अनुसार गत अगष्ट ५ मा काजोलले आफ्नो ४३औ जन्मदिन मनाइरहदा उनले करण जोहरलाई निम्ता गर्दै निजी लन्चका लागि बोलाएकी थिइन् ।  करण जोहर पनि काजोलको निम्तालाई स्वीकार गर्दै काजोलसँग आएका थिए ।  फिल्मफेयरका अनुसार उनीहरुले लामो समयसम्म कुराकानी गरेका थिए ।  कुराकानीको बीचमा करण जोहरले आँखा भरी आसु पारेको फिल्मफेयरले उल्लेख गरेको छ ।

उनीहरुले बिचमा भएको विवादका विषयमा भने कुनै कुरा गरेनन् र यस भेटबाट उनीहरुबीचको सम्बन्ध पुन: ट्रयाकमा आएको बलिवुडमा चर्चा चलेको छ ।  

केहि महिना अघि करण जोहरले आफ्नो अटोबायोग्राफीमा काजोल अब आफ्नो साथी कहिल्लै नहुने उल्लेख गरेर दुईको मित्रतालाई पूर्ण विराम लगाइदिएका थिए ।  

अघिल्लो बर्ष करण जोहरको फिल्म ए दिल है मुस्किल र अजय देवगनको फिल्म शिवाय एकै दिन रिलिज हुदा करण र काजोलबिचको सम्बन्ध बिग्रिएको थियो ।  करण जोहरले शिवायको खराब रिभ्युका लागि फिल्म समिक्षकलाई पैसा दिएको विषय सार्वजनिक भएपछि दुबैको सम्बन्ध सतहमा आएको थियो ।  

दुवै फिल्मले भारतीय बक्स अफिसमा राम्रो व्यापार गर्दै सय करोड भन्दा बढीको व्यापार गरेका थिए ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै