• २०८१ बैशाख १३ बिहीबार

उत्तर कोरियाले गर्यो अहिलेसम्मकै ठूलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

kharibot

सियोल ।  उत्तर कोरियाले अहिलेसम्मकै ठूलो क्षमताको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । 

उत्तर कोरियाले परीक्षण गरेका मध्ये यो अहिलेसम्मकै ठूलो क्षमताको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल रहेको बताइएको छ । 

उत्तर कोरियाको पछिल्लो कदमपछि पत्रकारहरुसँग बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले स्थिति सम्हाल्ने बताएका छन् । 

उत्तर कोरियाले बुधरबार परीक्षण गरेको मिसाइल झण्डै एक हजार किलोमिटर दूरी पार गरेर सि अफ जापानमा खसेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । 

यसअघि उत्तर कोरियाले गएको सेप्टेम्बरमा ब्यालेस्टिर मिसाइल परीक्षण गरेको थियो । त्यसको केही  दिनअघि उसले आफ्नो छैटौं परमाणु परीक्षण सफल रुपमा गरेको थियो । उत्तर कोरियाले बुधबार साउथ प्योङयाङको प्योङयाङबाट मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको समाचार संस्था योनहापले जनाएको छ । 

जापानले पनि यसबारेमा प्रतिक्रिया दिदै उत्तर कोरियाको यो कदम उक्साउने किसिमको भएको बताएको छ ।

उत्तर कोरियाले यसअघिका परीक्षण जापानको माथि भएर जाने गरी मिसाइल परीक्षण गर्दै आएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै