• २०८१ बैशाख ४ मंगलबार

मेलम्ची खानेपानी परियोजना निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

kharibot

प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी परियोजनाका पदाधिकारीलाई आयोजना निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । आयोगको स्थलगत निरीक्षणका क्रममा आज उनले निर्माण कार्य छिटोभन्दा छिटो पूरा गर्न निर्देशन दिँदै यसमा सरकारबाट के के सहयोग चाहिन्छ, ती सहयोग गर्न तयार रहेको बताएका हुन्  ।

"काठमाडौँ उपत्यका नेपालको राजधानी मात्र नभई धेरै किसिमले महत्वपूर्ण ठाउँ भएकाले यहाँ शुद्ध खानेपानीको अति आवश्यक रहेको छ, काठमाडौँवासीले छिटोभन्दा छिटो शुद्ध खानेपानी पाउनुप¥यो, यही काममा तपाईंहरु लाग्नुस्,” प्रधानमन्त्री देउवाले भने ।

विभिन्न कठिनाइका बाबजुद पनि नेपालको अति महत्वपूर्ण परियोजनामा प्रगति भएको सुन्न पाउँदा आफूलाई खुशी लागेको उनले बताए । कूल साढे २७ किमी सुरुङसहितको मेलम्ची खानेपानी परियोजना आगामी पुस महिनाभित्र निर्माण सम्पन्न हुने गरी द्रुत गतिमा काम भइरहेको छ । दुई दशमलव १९ किमीमात्र सुरुङ खन्न बाँकी छ । हाल चार स्थानबाट सुरुङ खनिरहेको परियोजनाले दैनिक सरदर ९५ प्रतिशत भौतिक प्रगति भएको जनाएको छ । सन् २००१ बाट परियोजना निर्माण शुरु भएको हो ।

सोह्र मिटर सुरुङ खन्ने काम भइरहेको छ । चार स्थानबाट सुरुङ खनिरहेको मध्ये तीन स्थानमा कमजोर भौगर्भिक कारण सुरुङ खन्न केही चुनौती देखिएको आयोजना प्रमुख रामचन्द्र देवकोटाले जानकारी दिए । कूल साढे २३ अर्ब लागत भएको उक्त परियोजनामा २२ अर्ब ३४ करोड खर्च भइसकेको परियोजनाका प्रमुख देवकोटाले जानकारी दिए  । आयोजना निर्माण सन् २०१८ मार्चसम्ममा सम्पन्न गरिसक्नुपर्नेछ ।

प्रधानमन्त्रीको स्थलगत निरीक्षणका क्रममा उहाँलाई आयोजना प्रमुख देवकोटाले आयोजनाको कार्य प्रगतिका बारेमा जानकारी गराएका थिए । सो अवसरमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव र सचिव भीमप्रसाद उपाध्यायलगायतको उपस्थिति थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै