काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चितुवाको छालासहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको छ ।
सीआईबीले सोमबार सुकेधाराबाट एक थान छालासहित पाल्पा तानसेनका धिरज रानाभाट र सिन्धुलीका विजय भोलानलाई पक्राउ गरेको हो ।
वन्यजन्तुसँग सम्बन्धित अपराध भएको भन्दै प्रहरीले दुवैलाई अनुसन्धान तथा कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाण्डौमा बुझाएको जनाएको छ ।
उनीहरूविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही गरिनेछ ।