चितुवाको छालासहित दुई जना पक्राउ

खरीबोट

बरामद चितुवाको छाला ।

ad

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चितुवाको छालासहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको छ ।

सीआईबीले सोमबार सुकेधाराबाट एक थान छालासहित पाल्पा तानसेनका धिरज रानाभाट र सिन्धुलीका विजय भोलानलाई पक्राउ गरेको हो ।

वन्यजन्तुसँग सम्बन्धित अपराध भएको भन्दै प्रहरीले दुवैलाई अनुसन्धान तथा कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाण्डौमा बुझाएको जनाएको छ । 

उनीहरूविरुद्ध राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही गरिनेछ ।

सम्बन्धित समाचार

नक्कली नागरिकताको प्रतिलिपि लिन खोज्ने युवा पक्राउ

खोटाङ । अभिलेखमै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने खोटाङका एक युवा पक्राउ परेका छन् ।  जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख नै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ३० वर्षीय उमेश

छ नक्कली पथप्रदर्शक पक्राउ

काठमाडौँ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले छ नक्कली पथप्रदर्शक पक्राउ गरेको छ । ब्यूरोको टोलीले नक्कली कागजपत्र पेश गरी गैरकानुनी तवरले पथप्रदर्शक काम गर्दै हिँडेका काठमाडौँका अनिल महर्जन र रमेश

मरिच काण्डमा छाला उद्योगी सञ्जय अग्रवाल पक्राउ

वीरगञ्ज / राजश्व अनुसन्धान विभाग काठमाडौँले वीरगञ्जका छाला उद्योगी सञ्जय अग्रवाललाई पक्राउ गरी जेल चलान गरेको छ ।  मरिच तस्करीमा संलग्न व्यापारी अग्रवालले धरौटीको रकम बुझाउन नसक्दा उनलाई हिजो रातिदेखि हिरासतमा लिई

सुन तस्करी प्रकरणमा होटल व्यवसायी पक्राउ 

काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहको आशंकामा थप एक होटल व्यवसायी पक्राउ परेका छन् । सरकारले गठन गरेको अनुसन्धान समितिले ललितपुरमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका व्यवसायी अकबर शाहलाई बिहीबार बेलुका