अनलाइन शपिंग गर्दा आईफोन ७ को सट्टा साबुन आएपछि ...

खरीबोट

दक्षिण एसिया । जमाना निकै आधुनिक भइसकेको छ । घर बसी बसी इन्टरनेटबाटै सबै कुरा किन्न÷मगाउन सकिने यो जमानामा सधैँ तपाईंले सोचे र चाहेजस्तो भने हुँदैन । भारतमा यस्तै एउटा रोचक घटना घटेको छ ।

एक जना राजीव नामका भारतीयले आफ्नी श्रीमतीलाई आईफोन ७ गिफ्ट गर्न अनलाइन शपिंग गर्ने सोच बनाए । उनले अनलाइन खरिदबिक्री गर्ने अमेजन कम्पनीबाट श्रीमतीको लागि आईफोन ७ मगाए । मागबमोजिम आईफोन घरमा आइपुग्यो ।

उनले श्रीमतीलाई खुसी हुँदै बहुमूल्य गिफ्ट हातमा थमाइदिए । श्रीमतीले प्याकेट खोलिन्, त्यसमा चार्जर, इयर फोन, फोन कभरलगायत सबै सामग्री समावेश थियो । तर महत्वपूर्ण कुरा आईफोन ७ भने थिएन ।

सबैलाई चकित पार्ने गरी त्यहाँ आईफोन ७ को साटो साबुन पो थियो । त्यसपछि उनले तत्कालै सेक्युरिटी गार्डलाई भनेर आईफोन ७ पुर्याउन आएका व्यक्तिलाई समातेर प्रहरीमा बुझाइदिए ।

पछि कम्पनीले उनले बुझाएको सम्पूर्ण रकम उनकै एकाउन्टमा फिर्ता गरिदियो । यो यही मंसिर १० गतेको घटना हो । उनले मगाएको फोनको मूल्य झण्डै ७० हजार रुपैयाँ पर्छ ।

उनले फोनको बुकिंग शुक्रबार नै गराएका थिए । फोन लिएर भने कम्पनीबाट आइतबार डेलिभर गर्न एक जना आशीष नामका युवक उनको घर आएका थिए । यो प्रिस्टेन एस्टेट सोसाइटीमा भएको घटना हो ।

पछि प्रहरीले कम्पनीका पदाधिकारीसँग समेत छलफल गरी पैसा फिर्ता गराएर उजुरीकर्ता राजीवबाट उजुरी फिर्ता गराइएको थियो । 

  • नवभारतटाइम्सबाट अनुदित

सम्बन्धित समाचार

अनलाइन शपिंग गर्दा आईफोन ७ को सट्टा साबुन आएपछि ...

दक्षिण एसिया । जमाना निकै आधुनिक भइसकेको छ । घर बसी बसी इन्टरनेटबाटै सबै कुरा किन्न÷मगाउन सकिने यो जमानामा सधैँ तपाईंले सोचे र चाहेजस्तो भने हुँदैन । भारतमा यस्तै एउटा

चर्चित निर्वाचन क्षेत्र : पुर्वडिआइजी र अर्थ राज्यमन्त्रीबीच रोचक प्रतिष्पर्धा 

ललितपुर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार र कार्यकर्ता प्रचारप्रसारमा व्यस्त बनेका छन् ।  निर्वाचनको मिति दुई सातामात्रै बाँकी हुँदा प्रमुख दलका नेता

चर्चित क्षेत्र : सिन्धुपाल्चोकमा राणा र तामाङको रोचक प्रतिस्पर्धा

नवलपुर, सिन्धुपाल्चोक । पञ्चायतकालीन राजनीतिदेखि नै सिन्धुपाल्चोकमा आफ्नो पकड जमाउँदै आएका राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणालाई गणतन्त्रपछिका तीन निर्वाचनमा भने पराजय व्यहोर्नुपर्यो ।  तामाङ समुदायको बाहुल्य रहेको सिन्धुपाल्चोक–२ (यसअघि ३) मा

काठमाडौँ क्षेत्र नं १ को रोचक प्रतिस्पर्धा, जित्ने सबैको दाबी

काठमाडौँ । बिबिसीबाट पत्रकारिता गर्दै ख्याति कमाउनुभएका रवीन्द्र मिश्र आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट प्रतिस्पर्धा गर्दै छन् । उनी ठूला पार्टीहरुको वर्चस्वको बीचमा आफूलाई उभ्याई आफ्नो स्थान बनाउन