• २०८१ बैशाख ८ शनिबार

कृषि विकास बैंकको नाफा बढेर दुुई अर्ब ७७ करोड नाघ्यो

kharibot

काठमाडौं । कृषि विकास बैंकको नाफा बढेको छ । बैंकले आर्र्थिक वर्ष २०७३—०७४ मा दुुई अर्ब ७७ करोड ६७ लाख पाँच हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले दुुई अर्ब ४६ करोड ४६ लाख ८३ हजार रुपैयाँ खुद खुुद नाफा आर्जन गरेको थियो ।

हाल चुक्ता पुंजी १२ अर्ब ५२ करोड तीन लाख ९२ हजार रुपैयाँ रहेको बैंकले आव २०७३—०७४ को चौंथौ त्रैमासिक अवधिमा ९९ अर्ब ९५ करोड २० लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब २९ करोड ७५ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा पाँच अर्ब ८१ करोड आठ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा सात अर्ब १० करोड ४० लाख ५० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

प्रोभिजन रकम एक अर्ब ८९ करोड ९५ लाख आठ हजार रुपैयाँ रहेको बैंकको ‘राइट ब्याक’ रकम ६९ करोड ६८ लाख ३१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ९७ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ८७ अर्ब ३८ करोड ७१ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब ४८ करोड ९५ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै