• २०८१ बैशाख ७ शुक्रबार

मिडियामा महिलाको आकर्षण बढ्दै छ – संगीता पन्त थापा

kharibot

लामो समय देखि टेलिभिजनमा विभिन्न कार्यक्रम संचालन गर्दै आएकी संगीता पन्त थापा टेलिभिजन दर्शकका लागि परिचित नाम हो । २०५३ साल देखि नेपाल टेलिभिजनमा कार्यक्रम निर्माताको रुपमा टेलिभिजनको यात्रा सुरु गरेकी संगीता सुरुवाती दिनमा बाल कार्यक्रम, महिला कार्यक्रम, जेष्ठ नागरिक सम्बन्धि कार्यक्रम, कृषि कार्यक्रम निर्माणमा व्यस्त बनिन् । हाल संगीताले निर्माण तथा संचालन गरेका योंग एचिभर्स र कृषि अनुसन्धान र प्रविधि नामक कार्यक्रम नेपाल टेलिभिजनमा साप्ताहिक रुपमा प्रसारित भैरहेका छन् । संगीताको कामलाई मुल्यांकन गर्दै हालै युवा तथा खेलकुद मन्त्रालय, युवा परिषदले टेलिभिजनमा युवाको क्षेत्रमा आवाज उठाए वापत उत्कृष्ट युवा पत्रकारिता पुरस्कार २०७४ बाट सम्मान गरेको छ । संगीताले जापान, मलेसिया, अमेरिका जस्ता देशहरुमा गएर विभिन्न तालिम समेत हासिल गरेकी छन् । उनी संगीतासँग खरीबोट डटकमले मिडियामा महिलाको अवस्थाका बारेमा कुराकानी गरेको छ । प्रस्तुत छ संगीतासँग गरिएको कुराकानीको सम्पादित अंश :

 मिडियामा महिला सहभागिता कस्तो देख्नु हुन्छ ?

समयको अन्तरालसँगै मिडियामा महिला सहभागिता बढेको छ । पढेलेखका अभिभावकले आफ्ना सन्तानलाई दिने समान अक्सर, आर्कषक र नाम कमाउने पेशा अनि पत्रकारिता सम्बन्धी अध्ययन तालिम आदिमा मिडियामा झुकाव राख्ने युवाहरुको संख्या बढ्दो छ । यी विभिन्न कारणहरु हिजो भन्दा आज राष्ट्रको चौथो अंग मिडियामा करियर बढाउने महिलाहरुको संख्यामा उल्लेखनिय परिवर्तन आएको छ । 

लामो समयदेखि टेलिभिजनमा हुनुहुन्छ, प्रविधिमा कत्तिको अन्तर आएको छ ?

निकै ठूलो अन्तर आएको छ । टेलिभिजनमा काम शुरु गर्दा ठूलो क्यासेट, ठूलै टेप ठूलो क्यामेरा बाकेर छाँयाकनमा जानु पर्दथ्यो  भने अहिले साना क्यासेट, ह्यांडी क्यामरा र स–साना कार्ड मा काम गरिन्छ । उत्पादन देखि प्रसारण सम्म भएको डिजीलाइट छ । हिजो सम्म आफूलाई मन परेको टि.भी कार्यक्रम कुरेर बस्ने हामी आज आफ्नो फुर्सदिलो समयमा आ–आफ्नै हाते फोनमा हेर्छौ । प्रविधिले निकै नै फड्को मारेको छ र काम गर्न पनि सहज भएको छ । 

मिडियामा महिलालाई काम गर्न कत्तिको सहज छ ?

सहज भएको अनुभव गर्छु म । आर्कषक पेशा भएकोले क्षमतावान महिलाहरुलाई काम गर्न सजिलो पार्न छ । भेदभाव को कुरा गर्ने हो भने सरकारी संचार माध्यममा यस्तो स्थिती देखिदैन तर निजी संचार माध्यममा पारिश्रमिक र क्षमता माथि विश्वास नगरेको कुराहरु महिला सहकर्मीहरुबाट सुनिन्छ । 

परिवार र कामलाई कसरी ब्यालेन्स गर्नुहुन्छ ?

परिवार र कामलाई सन्तुलन गर्न हरेक कामकाजी महिलालाई गार्हो छ । अझ संचार क्षेत्रमा काम गर्ने निश्चित समय र कार्यक्रम निर्माणको लागि समय समयमा घर बाहिर विभिन्न ठाँउमा जानु पर्ने भएकोले समय तालिका मिलाउन गा¥हो नै हुन्छ । तर आफ्नो काम प्रतिको मोह, त्यहि कामको आर्कषण अनि घर परिवारको सकारात्मक प्रेरणा र सहयोगले परिवार र कामलाई सन्तुलित बनाउन सकिएको छ । 

यहाँले संचालन गरेको नागरिक कार्यक्रमका बारेमा केही बताई दिनुस न । 

दिनहु बढ्दै गइरहेको जेष्ठ नागरिकहरुको जनसंख्या र उनीहरुको आत्म सम्मान, हक अधिकार, सहज बृद्ध अवस्थाको बारेमा राष्ट्रिय प्रसारण नेपाल टेलिभिजले सम्बोधन गर्नुपर्दछ भनि “जिवन यात्रा” नामक कार्यक्रम निर्माण गरेका थियौ । हुन त यस भन्दा अगाडी पनि जेष्ठ नागरिकहरुको विषयमा कार्यक्रमहरु नेपाल टेलिभिजन बनेका थिए । 

हाल, युवा कार्यक्रम संचालन गर्नु हुदो रहेछ, कस्तो छ कार्यक्रमको रेस्पोन्स ?

पेशाको भविष्यको कर्णधार युवाको लागि, युवा संघर्ष युवा सफलतालाई सम्बोधन गरिने कार्यक्रम योंग एचिभर्सको मुख्य उद्देश्य केही गर्न चाहने युवालाई प्रोत्साहन गर्नु हो । जुनसुकै क्षेत्रमा पनि सक्रिय र सफलता प्राप्त गरेका युवाहरुसँग साक्षात्कार गर्दा धैर्य अवसर र मिहिनेतलाई सही ढंगले समन्वय गर्न सकेमा सफलता प्राप्त गर्न सकिदो रहेछ भने सकारात्मक कुराहरु आजका नेपाली युवा पुस्तामा धेरै रहेको र यस कार्यक्रम युवा पुस्तामा लोकप्रिय पनि रहेको छ । 

मिडियामा महिलाको उपस्थिती बढाउन के गर्नु पर्ला ?

सबैभन्दा पहिले निर्णायक तहमा महिला सहभागिता बढी हुनुपर्ने जस्तो मलाई   लाग्छ । महिलाको कार्य क्षमतामा नै कम विश्वास गरिनु यस क्षेत्रका प्रमुख चुनौति हो । महिला संचारकर्मीको उपस्थिती बढाउन, कार्य स्थानमा सहज वातावरण, चुनौति पूर्ण विषयवस्तुहरुको जिम्मेवारी दिनु, अदि सकारात्मक परिवर्तन भएमा संचार क्षेत्रमा महिला सहभागिता धेरै हदसम्म बढ्ने कुरा नर्कान सकिदैन । 

समग्र मिडियाले महिलालाई दिएको स्थान कस्तो पाउनु हुन्छ ? 

समग्र मिडियामा महिलाको स्थानमा सरकारी र निजी केही फरक भने अवश्य छ । महिलाको क्षमतालाई समान रुपमा हेरिन नसक्नु, समान स्थान दिन नसकेको नै हो । 
भनिन्छ अवसर र क्षमताको कुनै मापदण्ड हुदैन यस क्षेत्रमा थुप्रै प्रतिभावान  महिला संचारकर्मीको सक्षमता बढ्दो छ । पत्रकारिता रुची अनि बढ्दै गएको संचार गृहको अवस्थाले निडर र प्रतिभाशाली संचारकर्मी महिला बढ्दैछन् । दृढ इच्छ राख्ने आफूलाई सहि ढंगले प्रस्तुत गर्न सक्ने क्षेत्र अझ भन्नु पर्दा नाम पनि कमाइने भएकोले मिडिया महिलाहरुको लागि उत्कृष्ट मान्न सकिन्छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै