• २०८१ बैशाख ७ शुक्रबार

नासाद्वारा न्युक्लियर रकेट बनाउन १८ मिलियन डलरको सम्झौता, मंगलग्रह अब चार महिनामै पुगिने !

kharibot

न्युक्लियर रकेट इन्जिनको डिजाइन । तस्बिर : इन्टरनेट/एजेन्सी

न्युयोर्क । अमेरिकी अन्तरिक्ष अनुसन्धानसम्बन्धी संस्था नासाले न्युक्लियर रकेट बनाउनेसम्बन्धी काम थालेको छ । अंग्रेजी वेबसाइट न्युसाइन्टिष्ट डटकममा प्रकाशित समाचारअनुसार अन्तरिक्ष संस्था (नासा)ले भर्जिनियास्थित लिंकबर्गमा रहेको बीडब्ल्युएक्स टेक्नोलजीसँग १८.८ मिलियन अमेरिकी डलरको सम्झौता नै गरिसकेको छ । समाचारमा जनाइएअनुसार न्युक्लियर रियाक्टरको विकास गर्न उक्त सम्झौता गरिएको हो, जसले रकेटलाई शक्ति दिनेछ । यदि न्युक्लियर इन्जिनवाला रकेटको सफल आविष्कार भए मानिसहरुलाई मंगलग्रहसम्म पुग्न निकै सहज हुनेछ ।

न्युक्लियर थर्मल प्रपल्सनले इन्जिन तताउन न्युक्लियर रियाक्सनको प्रयोग गर्छ । सामान्यतया ठोस हाइड्रोजनले रकेटको नोजललाई गन्तव्यनिर्देश (थ्रष्ट) गर्नेछ । उक्त प्रविधिले रकेटहरुलाई प्रत्येक युनिट फ्युल(इन्धन)मा रकेटलाई थ्रष्ट गर्नेछ । यो भनेको अहिलेको रकेटको इन्जिनभन्दा निकै उपयोगी र विकसित हो । भन्नाले अहिले प्रयोग हुने इन्धनको आधा मात्र परिणाम भए पुग्नेछ । यो भनेको विगत ४० वर्षयताकै उच्चतम स्ट्याडर्ड इन्जिन हो ।   

यस्तो उच्च तहको इन्धन पर्याप्तताले विशेष गरी रकेटको लामो यात्रामा निकै सहयोग पुग्नेछ किनभने हाल अन्तरिक्षयात्राका क्रममा रकेटले धेरै गह्रँौ परिमाणको इन्धन बोक्नुपर्ने बाध्यता रहेको छ । यदि नासाको यो अभियान सफल भएमा धेरै कार्गो रकेट मंगलग्रहसम्म पुर्याउन सकिनेछ । यतिमात्र हैन उच्च गतिको रकेट इन्जिनको प्रयोग सफल भए यसले मंगलग्रहसम्मको दूरीसमेत ह्वात्तै घटाउनेछ । न्युक्लियर टेक्नोलजीयुक्त रकेट ६ महिनाबाट घटेर चार महिनामै मंगलग्रहसम्म पुग्न सकिने वैज्ञानिकहरुको दाबी छ ।

नासाले यसअघि सन् १९७२ मै यस्तो परीक्षण गरेको थियो तर कंग्रेसले मंगल मिसन बीचैमा स्थगित गरेपछि त्यतिकै रहेको थियो । त्यतिबेला प्रोटोटाइप इन्जिनको स्थलपरीक्षण गरिएको थियो । बीडब्ल्युएक्स टेक्नोलजीले दुई वर्षभित्रै नयाँ अवधारणा (कन्सेप्ट)युक्त न्युक्लियर थर्मल रकेट इन्जिन र इन्जिनको न्युक्लियर रियाक्टरको लागि नयाँ किसिमको युरेनियम डिजाइन गर्ने सम्झौता गरेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै