• २०८१ बैशाख ११ मंगलबार

एसेज सिरिजको पहिलो खेलमा इङल्याण्डमाथि अस्ट्रेलिया १० विकेटले विजयी  

kharibot

काठमाडौँ । टेस्ट क्रिकेटको चर्चित एसेज सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई १० विकेटले पराजित गरेको छ ।

खेलको पाचौ दिन अस्ट्रेलियाले इङल्याण्डले दिएको १७० रनको लक्ष्य विना कुनै विकेट गुमाई पुरा गरेपछि सिरिजमा १-० को बढ्त बनाएको हो । 

अस्ट्रेलियालाई जिताउने क्रममा ओपनर डेभिड वार्नरले ८७ र क्यामरुन ब्यानक्राफ्टले ८२ रन नटआउट बनाएका थिए ।

यस अघि टेस्ट खेलको सुरुवातमा इङल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्दै ३०२ रनमा अलआउट भएको थियो । जसमा भिन्चको ८३, मलानको ५६ र स्टोनम्यानको ५३ रनको पारी सामेल थियो भने अस्ट्रेलियाका बलर स्टार्क र कुमिन्सले ३,३ विकेट लिएका थिए ।

अस्ट्रेलियाले आफ्नो पहिलो इनिङमा कप्तान स्टेभेन स्मिथको शानदार शतक (१४१ रन) को मद्धतले ३२८ रन बनाउँदा अस्ट्रेलिया अल आउट भएको थियो । अस्ट्रेलियाको पारीमा शन मार्शको ५१ रनको पारी पनि सामेल थियो भने इङल्याण्डका बलर स्टुवार्ट बोर्डले ३, जेम्स एण्डरसन र मोइन अलिले २,२ विकेट लिएका थिए भने वोक्स, बेल र रुटले एक एक विकेट लिएका थिए । यो सँगै अस्ट्रेलियाले पहिलो इनिंगमा २६ रनको बढ्त बनाएको थियो ।

दोस्रो पारी सुरु गरेको इङल्याण्डले जोए रुटको ५१ र मोइन अलिको ४० रनको मद्धतले केबल १९५ रन बनाउँदा अल आउट भएको थियो । अस्ट्रेलियाका बलर स्टार्क, हजेलवुड र लियोनले ३,३ विकेट लिएका थिए । पहिलो पारीमा २६ रनले पछि परेको आधारमा इङल्याण्डले अस्ट्रेलिया समू केबल १७० रनको लक्ष्य दिन सफल भएको थियो । 

खेलको म्यान अफ द म्याच अस्ट्रेलियाका कप्तान स्टेभेन स्मिथ बनेका छन् । ५ खेलको सिरिजको दोस्रो खेल डिसेम्बर २ देखि ओभलमा सुरु हुदै छ ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै