• २०८१ बैशाख ८ शनिबार

अर्जुन रामपालले मनाए ४५औ जन्मदिन, ऋतिकको घर तोडेको लाग्यो आरोप  

kharibot

काठमाडौँ । बलिवुडका अभिनेता तथा सुपर मोडल अर्जुन रामपालले आज ४५औ जन्मदिन मनाउदै छन् ।

मोडलिङबाट फिल्मी क्षेत्रमा आएका अर्जुन अहिले पनि भारतका धेरै कम सफल मोडल मध्ये एक हुन् । अभिनयमा पनि उनका कैयौ सफल फिल्म रहेका छन् । रक अन फिल्बात उत्कृष्ट सहअभिनेताका लागि नेशनल अवार्ड समेत पाएका अर्जुनले सन् २००१ मा प्यार इश्क और मोहब्तबाट बलिवुडमा कदम राखेका थिए । अर्जुनले डी-डे, राजनीति, रक अन, चक्रब्युजस्ता सफल फिल्म अभिनय गरेका छन् ।  

अर्जुन फिल्ममा जति चर्चित छन् त्यति नै निजी सम्बन्धका बारेमा पनि चर्चित रहेका छन् । उनलाई चर्चित अभिनेता हृतिक रोशनको डिभोर्स गराएको आरोप बलिवुडमा लाग्ने गरेको छ । यद्यपी उनले यस कुराको खण्डन गरेका छन् तर ऋतिककी पूर्वपत्नी सुजैन खानसँग अर्जुनको सम्बन्धका कारण ऋतिकको घर बिग्रेको केहि समय अघि भारतीय मिडियामा निकै चर्चाको विषय बनेको थियो ।  अर्जुनले यस विषयलाई भने सुजैन खान केबल साथी मात्र भएको बताउदै आएका छन् । 

केहि समय अघि पनि सुजैन खानको जन्मदिनमा आफ्नो शुटिंग छोडेर आएको खबर पनि बलिवुडमा चर्चाको विषय बनेको थियो ।

हाल दुई छोरीका पिता अर्जुनले सन् १९९८ मा मिस इंडिया मेहर जेसियासँग विवाह गरेका थिए । सुजैनसँगको सम्बन्धका कारण पत्नी जेसियासँग डिभोर्स हुन् लागेको रिपोर्ट आएपनि अर्जुनले यस कुराको खण्डन गरेका थिए ।

अर्जुनको हालै डन अरुण गवलीको जीवनीमा आधारित फिल्म ड्याडी प्रदर्शन बह्येको थियो । बक्स अफिसमा त्यति सफल नभए पनि अर्जुनको अभिनयको भने तारिफ गरिएको थियो ।
अर्जुनको अब आँखे-२ र पल्टन फिल्म आउदै छन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै