• २०८१ बैशाख ८ शनिबार

पहिलो चरणको निर्वाचनलाई नेप्सेको स्वागत

kharibot

काठमाडौ । नेप्सेमा चुनावको सकारात्मक प्रभाव देखिएको छ । पहिलो चरणको निर्वाचन अन्र्तगत आज ३२ जिल्लामा निर्वाचन भईरहंदा नेप्सेमा सुचक तथा कारोवार रकम दुबैमा बृद्धि देखिएको छ । 

नेप्से २१ दसमलव  पाँच अंकले बढेर १५ सय १४ दसमलव ३४ बिन्दुमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि चार दसमलव ७२ अंकले बढेर तीन सय १९ दसमलव १५ बिन्दुमा चढेको छ । एक सय ५५ कम्पनीहरुको पाँच हजार छ सय ४१ वटा कारोवारमा १० लाख ७४ हजार एक सय ९६ कित्ता सेयर खरिद बिक्री भएकाछन । 

उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ५९ करोड चार लाख ४४ हजार नौ सय ११ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज सबैगरी कुल १० वटा समुहको कारोवार भएकोमा ट्रेडिङ समुहको सुचक छ दसमलव ३४ अंकले घटेर बाँकी समुहको सुचक उच्च अंकले बढेको छ । बीमा समुहको सुचक ८२ दसमलव १२ अंकले बढेर आठ हजार ६३ दसमलव २१ अंकमा कायम रहेकोमा नौ करोड ५८ लाख २० हजार पाँच सय रुपैयाँको कारोवार भएको छ । 

बाँणिज्य बैक समुहको सुचक १८ दसमलव सात अंकले बढेर १२ सय ९८ दसमलव ८८ अंकमा कायम रहेकोमा २८ करोड ३८ लाख ४० हजार रुपैयाँको कारोवार भएको छ । बिकास बैंक समुहको सुक १८ दसमलव ९७ अंकले बढेर १७ सय ७१ दसमलव ७७ अंकमा कायम रहेकोमा दुई करोड ६३ लाख ४३ हजार रुपैयाँको कारोवार भएको छ । 

जलबिद्युत समुहको सुचक ६८ दसमलव पाँच अंकले बढेर १९ सय ९० दसमलव ६४ अंकमा कायम  रहेकोमा सात करोड ६९ लाख ६३ हजार दुई सय रुपैयाँको कारोवार भएको छ । फाईनान्स समुहको सुचक दुई दसमलव ७६ अंकले बढेर सात सय ५६ दसमलव २३ अंकमा कायम रहेकोमा दुई करोड छ लाख १२ हजार सात सय रुपैयाँको कारोवार भएको छ । यसबाहेक होटल, उत्पादनमुलक, अन्य लघुबित्त समुहको सुचक पनि बढेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको नयाँ नेपाल लघुबित्त बिकास बैकको सेयर मुल्य १० रुपैयाँले बढेर तीन हजार २६ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको बिशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ ८७ पैसाले घटेर १९ सय ३१ रुपैयाँमा कारोवार भएको छ । रकम कारोवारका आधारमा अग्रस्थानमा परेको स्टान्र्डड चार्टड बैकको २१ सय १५ रुपैयाँ अन्तिम मुल्यमा छ करोड ८६ लाख १८ हजार दुई सय ३४ रुपैयाँको सेयर कारोवार भएको छ । यसैगरी नेपाल बैकको पनि तीन सय ६७ रुपैयाँ अन्तिम मुल्यमा पाँच करोड ५९ लाख ४९ हजार दुई सय २७ रुपैयाँको कारोवार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै