• २०८१ बैशाख १४ शुक्रबार

विलियनको गोलमा चेल्सी हारबाट जोगियो 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी र  लिभरपुलबीचको खेल बराबरीमा सकिएको छ । 

चेल्सीका लागि ब्राजिलियन प्लेमेकर विलियनले खेलको ८५औ मिनेटमा गोल गर्दै चेल्सीलाई हारबाट बचाएका छन् ।

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा दोस्रो हाफको ६५औ मिनेटमा लिभरपुलका मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । लिभरपुलको घरेलु मैदानमा भएको खेलमा चेल्सीले खेलको ८५औ मिनेटमा विलियनको गोलको मद्धतले खेलमा फर्किदै हारबाट बचेको थियो ।

यो बराबरीपछि चेल्सी १३ खेलमा २६ अंक सहित लिगको तेस्रो स्थानमा रहेको छ भने लिभरपुल १३ खेलमा २३ अंक सहित लिगको पाचौ स्थानमा रहेको छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै