• २०८१ बैशाख ८ शनिबार

मालागाविरुद्ध रियलको संघर्षपूर्ण जित, रोनाल्डोले गरे निर्णायक गोल 

kharibot

काठमाडौँ ।  स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले मालागामाथि जित हासिल गरेको छ ।

गएराती भएको खेलमा रियल म्याड्रिडले क्रिस्टियानो रोनाल्डोले गरेको खेलको ७६औ मिनेटको निर्णायक गोलबाट संघर्षपूर्ण जित हासिल गरेको हो ।

रियल म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा खेलको ९औ मिनेटमा करीम बेन्जमाको गोलबाट सुरुवाती अग्रता लिएको रियलले खेलको १८औ मिनेटमा गोल खाएपछि खेल बराबरी भएको थियो । मालागाका लागि १८औ मिनेटमा रोलानले गोल फर्काएका थिए । त्यसको तीन मिनेटमा नै रियलका क्यासमिरोले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाएका थिए ।

रियलले पहिलो हाफमा २-१ को अग्रता लिएको खेलको ५८औ मिनेटमा मालागाका कास्ट्रोको गोल गरेपछि खेल २-२ को बराबरीमा पुगेको थियो ।  

खेलको ७५औ मिनेटमा रियलले पाएको पेनाल्टी रोनाल्डोले मिस गरेका थिए । रोनाल्डोले गोलकिपरले रोकेको पेनाल्टी बललाई गोलमा परिणत गरेका थिए ।

जितसँगै रियलको १३ खेलमा २७ अंक सहित लिगको चौथो स्थानामा रहेको छ । २७ अंक नै रहेको एथलेटिको म्याड्रिड गोल अन्तरको आधारमा रियलभन्दा अगाडी तेस्रो स्थानमा पुगेको छ । मालागा भने १३ खेलमा ७ अंकसहित लिगको १८औ स्थानमा पुगेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै