• २०८१ बैशाख १३ बिहीबार

संविधानले नागरिकलाई समान अधिकार दिएको छ : नेता खनाल

kharibot

इलाम । पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानले सबै नागरिकलाई समान अधिकार दिएको बताएका छन् । 

सन्दकपुर गाउँपालिकास्थित माईमझुवामा वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा उनले भने, ‘अहिलेको संविधानले सबै अधिकार नदिए पनि सबै नागरिकलाई समानरूपमा अधिकार दिएको छ ।’ संविधान आफैँमा पूर्ण नहुने र संशोधनमार्फत पूर्ण गर्दै लगिनेसमेत बताए । 

क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका पूर्वप्रम खनालले अबको आवश्यकता वाम गठबन्धन नै रहेको र यसपटकको निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ मत ल्याएर सरकार निर्माण गर्ने दाबीसमेत गरे । 

इलाम नगरपालिकाको विकास गर्न नेम्वाङ प्रतिबद्ध 

यसैबीच, इलाम क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार तथा पूर्वसभामुख सुवास नेम्वाङले आज इलाम सदरमुकामस्थित पिपलबोटेमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनपछि देशमा विकास र समृद्धिले गति लिने बताए । 

उनले एमालेको अगुवाइमा संविधान बनेकाले त्यसलाई जस्ताको तस्तै कार्यान्वयन गर्नका लागि वाम गठबन्धन गरिएको उल्लेख गरे । 

वाम गठबन्धनका इलाम नगरपालिका वडा नं ६ का संयोजक बेसु लिङदमको अध्यक्षतामा भएको कार्यक्रममा समानुपातिक उम्मेदवार तारा गुरूङले पनि बोलेका थिए । 

कार्यक्रमपछि नेम्वाङले इलामको पर्यटकीयस्थल भालुढुंगाको समेत स्थलगत निरीक्षण गरे । नगरपालिकाभित्र रहेका पर्यटकीयस्थलको पर्यटन प्रवद्र्धन गर्न युवा जागरूक भएको भन्दै नेम्वाङले प्रशंसासमेत गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै