• २०८१ बैशाख १३ बिहीबार

रियल म्याड्रिडको संकट बढ्दै, रोनाल्डोले बनाए पिएसजी जाने सोच !

kharibot

काठमाडौँ । रियल म्याड्रिडका पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोड्ने हल्ला फेरी सुरु भएको छ । 

केहि साता अघि सन् २०२१ सम्म रहेको आफ्नो म्याड्रिडसँगको सम्झौता नवीकरण नगर्ने सार्वजनिक गरेका रोनाल्डोले अब फ्रेन्च क्लब पिएसजी जाने सोच बनाएको स्पेनिस मिडियाले उल्लेख गरेका छन् । 

३२ बर्षिय रोनाल्डोले आफ्ना एजेन्टसँग यसबारेमा चर्चा सुरु गरेको स्पेनिस मिडिया डायरियो गोलले उल्लेख गरेको छ ।

रोनाल्डोले या त म्याड्रिडमै आफ्न पारिश्रमिक बढाउनु पर्ने या त पिएसजी बाहेक अरुले आफुलाई किन्न नसक्ने हुनाले पिएसजीमा जाने बारे कुरा अगाडी बढाउने बारेमा एजेन्टसँग चर्चा गरेको उल्लेख गरेको छ ।

यस सिजनमा राम्रो प्रदर्शन गर्न नसकेको रियल म्याड्रिडले अर्का स्टार खेलाडी ग्यारेथ बेललाई पनि यसै सिजनपछि बेच्न खोजेको रिपोर्ट आएको छ । लगातर घाइते भएपछि पछिल्लो समय बेल मैदान बाहिर नै रहेका छन् । बेललाई इङलिश क्लब म्यान्चेस्टर युनाइटेडले भित्राउन खोजेको बताइएको छ । ठुलो खेलाडीबीच बढेको मतभेद हटाउन अहिले म्यानेजर जिदानलाई हम्मे हम्मे परेको छ ।

त्यस्तै अर्का फ्रेन्च स्ट्राइकर करीम बेन्जमालाई पनि आर्सनलले आँखा लगाएपछि रियल झन् संकटमा परेको छ । यद्यपी बेन्जमालाई आर्सनलले दिएको ४० मिलियन युरोको अफर रियलले अस्विकार गरेको छ ।

पोर्चुगलका पेपे, अल्भारो मोराटा जस्ता खेलाडीले छोडेपछि रियल केहि कमजोर बनेको र उसको प्रदर्शनमा असर परेको देखिएको छ । ठुला खेलाडीहरु क्लब छोड्ने संकेत गर्नु र प्रदर्शनमा असर पुग्नुले रियल म्याड्रिडको संकट बढ्दै गएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै