• २०८१ बैशाख ८ शनिबार

विप्लव समुहद्वारा एमालेबाट निर्वाचित वडा अध्यक्षको अपहरण  

kharibot

जाजरकोट । जाजरकोट कुशे गाउँपालिका–१ का अध्यक्ष अपहरणमा परेका छन् । 

वडाध्यक्ष गोपालबहादुर नेपालीलाई नेत्रबहादुर चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरूले अपहरण गरेका हुन्।

शुक्रवार राति २ बजे गाउँपालिका कार्यालय स्याक्री नजिकैबाट नेकपाका चार-पाँच जना कार्यकर्ताले जबरजस्ती लगेको वडाध्यक्ष नेपालीका भाइ प्रमोद नेपालीले जानकारी दिए ।

‘भोलि हुने निर्वाचनको तयारीबारे छलफल गदै थियौं’, उनले भने ‘विप्लवका चार पाँच जना कार्यकर्ताहरू आएर दाजुलाई समातेर लगे । प्रतिकार गर्न सकिएन लगिछाडे ।

नेकपाका जिल्ला इञ्चार्ज हरिचन्द्र जैसीले स्थानीय पत्रकारसँग कुरागर्दै नेपालीलाई लगेको स्वीकार गरेका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी भावेश धिमालले वडाध्यक्ष अपहरणमा परेको जानकारी नभएको बताए । नेपाली गत स्थानीय निर्वाचनमा एमालेबाट कुशे–१ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै