विप्लव समुहद्वारा एमालेबाट निर्वाचित वडा अध्यक्षको अपहरण  

खरीबोट

जाजरकोट । जाजरकोट कुशे गाउँपालिका–१ का अध्यक्ष अपहरणमा परेका छन् । 

वडाध्यक्ष गोपालबहादुर नेपालीलाई नेत्रबहादुर चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरूले अपहरण गरेका हुन्।

शुक्रवार राति २ बजे गाउँपालिका कार्यालय स्याक्री नजिकैबाट नेकपाका चार-पाँच जना कार्यकर्ताले जबरजस्ती लगेको वडाध्यक्ष नेपालीका भाइ प्रमोद नेपालीले जानकारी दिए ।

‘भोलि हुने निर्वाचनको तयारीबारे छलफल गदै थियौं’, उनले भने ‘विप्लवका चार पाँच जना कार्यकर्ताहरू आएर दाजुलाई समातेर लगे । प्रतिकार गर्न सकिएन लगिछाडे ।

नेकपाका जिल्ला इञ्चार्ज हरिचन्द्र जैसीले स्थानीय पत्रकारसँग कुरागर्दै नेपालीलाई लगेको स्वीकार गरेका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी भावेश धिमालले वडाध्यक्ष अपहरणमा परेको जानकारी नभएको बताए । नेपाली गत स्थानीय निर्वाचनमा एमालेबाट कुशे–१ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
 

सम्बन्धित समाचार

विप्लव माओवादीका तीन कार्यकर्ता पक्राउ

दैलेख । निर्वाचनको मिति नजिकिँदै गर्दा दैलेखमा निर्वाचनसम्बन्धी गतिविधिले तीव्रता पाएको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको परिचालनलाई तीव्रता दिएको छ भने सुरक्षा निकायले पनि सक्रियता बढाएको छ ।  जिल्ला प्रहरी

व्यापारीसँग चन्दा माग्ने विप्लव समुहका एक नेता पक्राउ

भक्तपुर ।  व्यापारीसँग रु पाँच लाख चन्दा माग्दै गर्दा प्रहरीले भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट नेपाल कम्युनिष्ट पार्टीका(विप्लव) एक नेतालाई पक्राउ गरेको छ ।  नेकपा भक्तपुर जिल्लास्तरीय नेता सिन्धुपाल्चोकका डोकेन्द्रराज भट्टराईलाई व्यापारीसँग चन्दा माग्दै गर्दा

नेकपा (विप्लव) का अर्घाखाँची जिल्ला इन्चार्ज सहित १० जना पक्राउ

अर्घाखाँची । निर्वाचन बिरोधी गतिविधि सञ्चालन गर्न सक्ने आशंकामा प्रहरीले नेकपा विप्लवका जिल्ला इन्चार्ज सुमन भनिने गंगाप्रसाद ज्ञवालीलाई नियन्त्रणमा लिएको छ ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अशान्ति फैलाउन सक्ने

हिंसामा नउत्रन विप्लव समुहलाई काँग्रेसको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचनका समयमा लोकतान्त्रिक विधि, मूल्य मान्यता, संस्कार र संस्कृतिअनुरुप आफ्ना व्यवहार प्रदर्शन गर्न र हिंसाको राजनीतिमा नउत्रन कम्युनिस्ट गठबन्धनका नेता र तिनका कार्यकर्तासँग आग्रह गरेको छ ।  लोकतन्त्रमा शान्तिपूर्ण