मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय गरियो

खरीबोट

फाइल तस्बिर

ad

मलेखु, धादिङ  । दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं ५ स्थित गजुरी पीडामावि मतदान केन्द्र नजिकै आज सकेट बम फेला परेको छ । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले राखेको सो बम नेपाली सेनाले निष्क्रिय पारेको छ । 

मतदान केन्द्र नजिकै ३०० मिटर पर मानिस हिँड्ने बाटोमा बिहान बम भेटिएपछि प्रहरी र सेनालाई खबर गरिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । 

बम निष्क्रिय पारेपछि सो क्षेत्रमा सेना परिचालन गरिएको छ । यसैबीच मतदातालाई सुरक्षितरुपमा मतदान गर्न आउन र जिल्लाभर नै सुरक्षाको प्रत्याभूति गरिएकाले निर्धक्क मतदान गर्न आउन प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले आग्रह गरेका छन् । 

निर्वाचनको तयारी सकिएकाले मतदानपछि १२ मतदानस्थलका १७ मतदान केन्द्रका ५१ वटा मतपेटिका हेलिकप्टरबाट ढुवानी व्यवस्था मिलाइएको पनि भण्डारीले जानकारी दिए । 

यसैबीच निर्वाचन आयोगका आयुक्त इला शर्माले आज धादिङको अनुगमन गर्दै निर्वाचन तयारीबारे जानकारी लिए । 

सम्बन्धित समाचार

सलमानको रेस ३ तीन दिनमा सय करोड क्लबमा

मुम्बई । बलिवुडमा यस बर्षको सवाधिक प्रतिक्षित फिल्म रेस-३ ले रिलिजको तीन दिनमा सय करोडको व्यापार गरेको छ ।  रिलिजको पहिलो दिन रेस-३ ले शानदार सुरुवात गरेको रेस ३ ले दोस्रो

दमकका नगर प्रमुख रोमनाथ ओली लक्षित बम निष्क्रिय

दमक / झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले आज विहान सुरक्षितरुपमा बम निष्क्रिय बनाएको हो ।  दमक–६ स्थित प्रधानमन्त्री केपी

अरुण तेस्रोको कार्यालयमा फेरी बम प्रहार

संखुवासभा । अज्ञात समूहले तुम्लिङटारस्थित अरुण तेस्रो आयोजनाको कार्यालय परिसरमा आज बिहान तीन वटा सकेट बम विस्फोट गराएको छ ।  बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको र सो स्थानमा कडा सुरक्षा व्यवस्था मिलाइएको

विश्वकपको समुह ए मा रसिया घरेलु दर्शकको दबाबमा, उरुग्वे सबैको फेभरेट

काठमाडौँ । विश्वकप फुटबलमा सहभागी ३२ देशलाई ८ समुहमा बिभाजन गरेर लिग चरणका खेलहरु खेलाइदै छ । हरेक समुह रहेका टिमले एक अर्कासँग एक एक पटक खेल्ने छन् । समुहमा