एमाले अध्यक्ष ओलीको घरमा राखिएको बम निष्क्रिय

खरीबोट

फाइल तस्बिर

ad

सुरुङ्गा, झापा ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा राखिएको बम नेपाली सेनाको २१ नम्बर बाहिनीबाट आएको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको घरको मूलगेटमा राखिएको बम आज बिहान निष्क्रिय पारिएको हो । 

यसअघि ओलीको घरमा बिहान ४ बजे अज्ञात समूहले बम विस्फोट गराएको थियो । बम विष्फोट हुँदा भौतिक तथा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए । 

ओलीको झापास्थित घरमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली बस्दै आउनुभएको छ । ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । 

यसैगरी नेपाली काँग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा पनि गएराति १२ बजे बम विस्फोट भएको छ । विस्फोटनबाट घरमा पार्किङ गरी राखिएको बा ७ च ६८९५ नं को बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । 

झापाका दुई स्थानमा बम विष्फोट भएपछि झापाको सुरक्षा व्यवस्थालाई थप मजबुद पारिएको प्रहरी उपरीक्षक केसीले बताउनुभयो । उहाँले बम विष्फोट गराउने समूहको खोजीकार्य तीव्र पारिएको बताए । 

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा केपी ओली नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीसामु आफ्नो प्रधानमन्त्रीमा दाबी गरेलगत्तै भण्डारीले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा २

केपी ओली एमाले अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्छन् : शेरधन राई 

काठमाडौं । नेकपा एमालेका नेता एवम् प्रदेश नम्बर १ का संसदीय दलका नेता शेरधन राईले एमाले अध्यक्ष केपी शर्मा ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । मंगलबार रिपोर्टर्स

वेटिंग प्रधानमन्त्री ओलीको ‘मनि लाउन्डरिङ’ ले सशंकित

काठमाडौं । सोमबार वेटिंग प्रधानमन्त्रीका रुपमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अनौठो योजना सार्वजनिक गरेका छन् । आफू प्रधानमन्त्री भएपछि सम्पत्ति शुद्धीकरण नीति बदल्ने र विभिन्न अवस्थाबाट लुकाइएका र

एमाले एक लाइन टेलिफोनको लागि खुलेको पार्टी होइन – केपी ओली 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार देशप्रति सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत भएको बताएका छन् । हामीले जम्मा गरेको ढुकुटी खर्च गर्न किन नपाउने भनेर केटाकेटी कुरा गरेको