• २०८१ बैशाख ७ शुक्रबार

चितवन कांग्रेसका पूर्वसचिव लामासहितका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश  

kharibot

चितवन । नेपाली कांग्रेस चितवनका पूर्वसचिव मोहनसिंह लामासहित कांग्रेसका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

चितवनको शिवनगरमा आयोजित कार्यक्रममा लामासहित प्रकृति आमा समूहका अध्यक्ष सञ्जु तामाङ, नर्मिला तामाङ, तुलसीबहादुर गुरुङ, सञ्जिव ढकाल, कुबेर गुरुङ लगायतका कांग्रेस कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्दै कांग्रेस नेता लामाले नेपाली कांग्रेसले नागरिक र देशको पक्षमा कुनै काम गर्न नसकेकाले आफू माओवादीमा आएको बताए । पार्टी प्रवेश गराउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सही समयमा सही निर्णय गर्ने नेताहरुलाई उचित जिम्मेवारी दिइने बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै