• २०८१ बैशाख १३ बिहीबार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीसंगठनहरुद्वारा तालाबन्दि

kharibot

फाइल तस्विर

सुर्खेत। विभिन्न स्वरुपमा विरोधमा उत्रँदै आएका विद्यार्थीले मंगलबार यहाँको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)को केन्द्रीय कार्यालयमा संयुक्त विद्यार्थी संगठनले ताला लगाएको छ । 

विश्वविद्यालय अनुदान आयोगको निर्देशन विपरीत निजी कलेजलाई अपारदर्शी रुपमा सम्बन्धन दिन थालेको विरोधमा मंगलबार विद्यार्थीले ताला लगाएका हुन् । 

अनेरास्ववियुका जिल्ला अध्यक्ष धुपेन्द्र शाहीले सामुदायिकलाई नदिई निजी क्याम्पसलाई सम्बन्धन दिनुमा आर्थिक चलखेल रहेको आरोप लगाए । अखिल क्रान्तिकारी सचिवालय सदस्य राजेन्द्र बुढाले विद्यार्थी संगठन, अधिकांश सिनेट सदस्यको असहमति हुँदाहुँदै विश्वविद्यालयले अपारदर्शीरुपमा सम्बन्धन दिन थालेको भन्दै आपत्ति जनाए । 

तत्काल सम्बन्धन प्रक्रिया स्थगन नगरे कडा संघर्षमा उत्रिने उनले चेतावनी दिए । नेवि संघसहित विभिन्न विद्यार्थी संगठन विश्वविद्यालयको बेथितिविरुद्ध आन्दोलित छन् । 

विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा समेत सञ्चालन नभएका कार्यक्रमलाई व्यापारीकरण गर्ने उद्देश्यले स्वेच्छाचारी ढंगले सम्बन्धन प्रक्रिया अघि बढाएकोमा हालसम्म नेकपा (एमाले) बाहेकका दलले असहमति जनाइसकेका छन् । सबै विद्यार्थी संगठनले पनि विरोध गर्दै आएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै