महानगरले नयाँबानेश्वर र चाबहिलमा आकाशे पुल निर्माण गर्ने 

खरीबोट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थप केही स्थानमा आकाशे पुल निर्माण गर्ने तयारी गरेको छ । 

हाल काठमाडौँ उपत्यकामा १० वटा आकाशे पुल रहेको छ । केही समय अघि कलंकी चोक र कमलपोखरीमा रहेको पुल भत्काएपछि हाल दश वटा मात्र सञ्चालनमा रहेको हो । तीमध्ये रत्नपार्क, वीरअस्पताल अगाडि र भृकुटीमण्डलगायत स्थानमा रहेको पुल जीर्ण भइसकेका छन् । 

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नयाँ आकाशे पुलको निर्माण र पुरानाको मर्मतसम्भारको काम अबको केही समयमा नै शुरु गर्ने बताउँदै चाबहिल र नयाँ बानेश्वर चोकमा नयाँ आकाशे पुल बनाउने तयारीकासाथ कामपाले प्राविधिकसहितको टोलीसमेत गठन गरिसकेको बताए । 

नागरिकको अत्याधिक चाप हुने र आवश्यकता पनि भएको यी स्थानमा पहिले पनि निर्माणको लागि प्रस्ताव भइसकेको थियो । 

नयाँ पुल निर्माणको कामसँगै कामपाले जीर्ण अवस्थामा रहेका पुराना आकाशे पुल मर्मतको काम पनि गर्ने छ, प्रमुख शाक्यले भने— “एक वर्षअघि नै महानगरपालिकाले विभिन्न स्थानमा पुल निर्माणका लागि रु पाँच करोड बजेट विनियोजन गरिसकेको थियो, अब जनप्रतिनिधिले उक्त कार्य पूरा गर्ने छन् ।” 

मानिसको अत्यधिक चाप रहने स्थान नयाँबानेश्वर, चाबहिल, कोटेश्वर चोक र काठमाडौँ जिल्ला अदालत अगाडि आकाशे पुलको आवश्यकता देखिएको छ ।
 

सम्बन्धित समाचार

‘धुलोमुक्त काठमाडौँ’ प्राथमिकता - मेयर शाक्य

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले यही मंसिर २९ गते मनाउन लागेको आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा धुलोमुक्त काठमाडौँ बनाउने कामलाई प्राथमिकतामा राखेको छ ।  कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले मंसिर २७ र

काठमाडौं महानगरले सयवटा 'स्मार्ट सार्वजनिक शौचालय' बनाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आधुनिक शौचालय निर्माणको डिजाइन गरिरहेको छ । आधुनिक शौचालय र त्यसबाट बायोग्यास निकाल्ने नीति पास भइसकेको भन्दै महानगरपालिकाले आधुनिक शौचालयको डिजाइन थालेको हो ।   खरीबोटसँग कुरा

महानगरको हरेक वडा वडामा बालवालिकाका लागि स्वास्थ्य सेवा संचालन हुन्छ : मेयर शाक्य 

काठमाण्डौ । काठमाडौँ महानगरपालिकाले महानगरको हरेक वडा वडामा स्वास्थ्य सेवा संचालन गर्ने भएको छ  । बालवालिकाकालाई टंसील रोगबाट बचाउन यस्तो स्वास्थ्य सेवा संचालन गरेको काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले बताएका छन् ।  गणेश

काठमाडौँ महानगरले यान्त्रिक कुचो किन्न बोलपत्र प्रक्रिया पुन अगाडि बढाउने

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख र उपप्रमुखले स्थानीय तहको निर्वाचनका समयमा मुख्य नारा दिएको काठमाडौँको धुलोमुक्त बनाउने अभियान अझै पनि अगाडि बढ्न सकेको छैन ।  काठमाडौँ महानगरपालिकाले तत्काल बु्रमर (यान्त्रिक कुचो)का