• २०८१ बैशाख ८ शनिबार

मेसीको नजरमा अहिलेको उत्कृष्ट टिम म्यान्चेस्टर सिटी 

kharibot

काठमाडौँ । लियोनेल मेसीले म्यान्चेस्टर सिटी र पिएसजीलाई यस सिजनको च्याम्पियन्स लिगको प्रमुख दाबेदार भएको बताएका छन् । 

चौथो पटक जितेको गोल्डेन बुट पुरस्कार लिएपछि स्पेनिस मिडिया मर्कासँग कुरा गर्दै मेसीले च्याम्पियन्स लिगको यस सिजनको फेबरेट टिम सिटी र पिएसजी रहेको बताएका हुन् । मेसीले भने-‘म्यान्चेस्टर सिटी पिएसजीसँगै अहिलेको सबैभन्दा बलियो टिम हो ।’  

बार्सिलोनाका पुर्वम्यानेजर पेप गोर्डिवालाको टिम सिटीले प्रिमियर लिगमा ३४ अंक सहित शिर्ष स्थानमा रहेको छ भने च्याम्पियन्स लिगमा पनि यस सिजनमा सतप्रतिशत नतिजा निकाल्दै अन्तिम १६ मा पुगीसकेको छ ।

त्यस्तै पिएसजी पनि नेइमार गएपछि झन् बलियो देखिएको छ । फ्रेन्च लिग र च्याम्पियन्स लिगमा यस सिजनमा पिएसजी अपराजित रहेको छ ।

मेसीले बार्सिलोनाले च्याम्पियन्स लिग जित्नेमा यी दुई टिम प्रमुख बाधक हुनसक्ने पनि बताएका छन् ।

मेसीले आफ्नो प्रतिद्वन्दी टिम रियल म्याड्रिडका बारेमा प्रतिक्रिया दिदै रियलले यस सिजनमा राम्रो प्रदर्शन नगरेपनि उनीहरु अन्तिमसम्म पनि लिग जित्न कोशिश गरिरहने र उनीहरुमा त्यो क्षमता रहेको बताए । मेसीले भने –‘मैले रियललाई कहिल्लै पनि लिग जित्दैन भन्न सक्दिन किनकी उनीहरु जहिलेपनि अन्तिममा खेलमा फर्किन्छन्, जो पछिल्ला बर्षहरुमा उनीहरुले गर्दै आएका छन् ।’

शुक्रबार चौथो पटक गोल्डेन बुटबाट सम्मानित मेसीले गएको सिजन ३७ गोल गरेर सो अवार्ड पाएका छन् । 

मेसीले बार्सिलोना छोडेर म्यान्चेस्टर सिटी जाने हल्लाका बीच मेसीले म्यान्चेस्टर सिटीका बारेमा दिएको बयानलाई अहिले स्पेनिस मिडियामा अर्थपूर्ण रुपमा हेरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै