• २०८१ बैशाख ११ मंगलबार

जिप दुर्घटनामा नवविवाहित इन्स्पेक्टर जोडीसहित ७ जनाको मृत्यु  

kharibot

रुकुम । रुकुमकोटबाट रुकुमको सदरमुकाम खलंगा आउँदै गरेको जीप शुक्रबार राती दुर्घटना हुदाँ ७ जनाको मृत्यु भएको छ । 

ग१ज ४२६० नम्वरको जीप मुसीकोट नगरपालिका ६, कालीमाटीमा दुर्घटना भएको हो । जीप सडकबाट करिव १ सय ५० मिटर तल खसेको छ । 

दुर्घटनामा परि नवविवाहित प्रहरी निरीक्षकद्वय नवीन श्रेष्ठ र अनिता प्रधानको मृत्यु भएको छ । उनीहरु वीच गत विहीबार मात्र विवाह भएको थियो ।
बिहे गरेर घर भित्रिएर उनीहरु फर्क‌दै गरेका थिए । 

मुसीकोट नपा १ का शेरबहादुर श्रेष्ठ, सुरेखा शाह श्रेष्ठ, सुधन श्रेष्ठ, मुसीकोट १ कै जनक शाह र त्रिवेणी १ की यमुना मल्लको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा चालक दाङका प्रेम थापा, सहचालक बाँफिकोट गापा रुकुम पश्चिमका प्रेम केसी र दाङकै टेकबहादुर खत्री छन् । तीनै जना घाइतेको जिल्ला अस्पताल रुकुम पश्चिममा उपचारपछि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ  ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै