• २०८१ बैशाख १२ बुधबार

वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट

kharibot

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–९ नयाँबजारस्थित वाम गठवन्धनको सम्पर्क कार्यालयमा शुक्रबार साँझ कुकर बम विष्फोट गरिएको छ । 

वाम गठबन्धन चुनाव प्रचार प्रसार समिति–९ द्वारा सञ्चालित सम्पर्क कार्यालयमा भएको बम विष्फोटबाट घरको सटरमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले बताए ।

लहान

अज्ञात समूहले आज साँझ सिरहाको मिर्चैया नगरपालिका–५ स्थित वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट गराएको छ भने संघीय समाजवादी फोरम नेपालको प्रचार गाडीमा बम फेला परेको छ ।

वाम गठबन्धनका तर्फबाट सिरहा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार अजयशंकर नायकले खोलेको गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट गराइएको हो । 

कार्यालयको नवनिर्मित माथिल्लो तलामा कुकर बम विस्फोट भएको तर कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिए ।

आजै साँझ धनगढीमाई नगरपालिका–७ स्थित फुलकहामा राखिएको संघीय समाजवादी फोरम नेपालको प्रचार गाडीमा बम फेला परेको छ । फोरमका तर्फबाट सिरहा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पूर्वमन्त्री शत्रुघ्नसिंह कोइरीको बा ३ च ७६६१ नंको प्रचार गाडीमा प्रेसर कुकर बम फेला परेको हो । 

गाडीको पछाडि सिटमा राखिएको उक्त झोला बाहिर निकालेर हेर्दा कुकर बम भेटिएको र निष्क्रिय गर्न नेपाली सेनाको टोलीलाई खबर गरिएको भेटवालले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै