• २०८१ बैशाख १४ शुक्रबार

रोनाल्डोसँग बराबरीगर्दै मेसीले जिते चौथो पटक गोल्डेन बुट 

kharibot

काठमाडौँ । लियोनेल मेसीलाई गत सिजनमा युरोपमा उच्च गोलकर्ताको रुपमा गोल्डेन बुट दिइएको छ । एक कार्यक्रमका बीच मेसीलाई गोल्डेन बुट दिइएको छ ।

मेसीले चार पटक गोल्डेन बुट जित्दै आफ्ना रियल म्याड्रिडका प्रतिद्वन्दी रोनाल्डोसँग बराबरी गरेका छन् । 

गोल्डेन बुट ग्रहण गर्दै मेसीले फुटबलरको रुपमा आफु परिपक्क हुदै गएको बताउदै उनले आफ्नो फुटबलमा केहि न केही सुधार गर्दै गएको र फुटबलमा झन रमाउदै गएको बताएका छन् ।

मेसीले २०१६/१७ सिजनमा ला लिगामा कुल ३७ गोल गरेका थिए । मेसीले यसअघि सन् २०१०, २०१२ र २०१३ मा गोल्डेन बुट जितेका थिए ।

रोनाल्डोले सन् २००८, २०११, २०१४ र २०१५ मा गोल्डेन बुट जितेका थिए । रोनाल्डोले लाल लिगामा गत सिजनमा २५ गोल गरेका थिए । 
मेसीका अर्का सहकर्मी लुइस स्वरेजले २९ गोल गरेका थिए । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै