• २०८१ बैशाख ७ शुक्रबार

काँग्रेस नेता निधिलाई निमोनिया

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिमा निमोनिया देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि धनुषाको चुनावी अभियान छाडेर यही मंसिर ४ गते काठमाडौँ आई चाबहिल स्थित ओम अस्पतालमा भर्ना भएका निधिलाई फोक्सोमा संक्रमण देखिएको हो । 

धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधिको उपचारमा संलग्न ओम अस्पतालका छातीरोग विशेषज्ञ डा सुबोधसागर ढकालले निधिको फोक्सोको संक्रमणका कारण निमोनिया देखिएकाले अझै एक हप्ता अस्पतालमै चिकित्सकको निगरानीमा रही उपचार गराइने जानकारी दिए । 

उनले भने, ‘उनको जाँच गर्दा निमोनिया देखिएको छ, हामीले एक हप्ताको एन्टिबायोटिक औषधि चलाएका छौँ, धेरै जनासँगको भेटघाट र उठबसले निमोनिया सरेको हुन सक्छ, अरु सबै जाँच सामान्य छ ।’ 

एक हप्ताअघिदेखि ज्वरो आइरहे पनि जनकपुरमा चुनाव प्रचारमा रहेका निधि छाती दुखेपछि मात्र अस्पतालमा आएका थिए । डा ढकालले निधिको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको बताए । 

राजदूतद्वारा स्वास्थ्यलाभ कामना 

नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले उपचाररत निधिलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् । 

राजदूत पुरीले आज ओम अस्पतालमा पुगी नेता निधिको स्वास्थ्य स्थितिबारे जानकारी लिएको नेता निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै