• २०८१ बैशाख ७ शुक्रबार

मतदान गर्न सर्वसाधारण उपत्यकाबाट बाहिरिने क्रम बढ्यो

kharibot

काठमाडौँ । पहिलो चरणको निर्वाचनका लागि उपत्यकाबाट मतदान गर्नका लागि सर्वसाधारण बाहिरिने क्रम बढेको छ । 

आगामी आइतबार हुन लागेको निर्वाचनमा मतदान गर्नका लागि मंगलबारबाट उपत्यकाबाट सर्वसाधारण बाहिर जाने क्रम बढेको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक उमेश रञ्जितकारले जानकारी दिए । 

उनका अनुसार दैनिक करिब ६० देखि ७० हजार सर्वसाधारण बाहिरिनेमा अहिले त्यो सङ्ख्या बढेर करिब ७४ देखि ८० हजारसम्म पुगेको छ । ‘अहिले दैनिक १५ हजारको सङ्ख्यामा थप मानिस उपत्यकाका बाहिने गरेका छन्’, उनले भने, ‘निर्वाचन हुने जिल्लाका मानिस बढी बाहिरिने गरेका छन् ।’ उनका अनुसार शुक्रबार मात्र करिब ७९ हजार सर्वसाधारण बाहिरिएका छन् । 

प्रवक्ता रञ्जितकारले आज बन्द भन्ने हल्लाले कम बाहिरिए पनि साँझ बढ्ने बताए । सर्वसाधारण मतदान गर्नका लागि थानकोट, कोटेश्वर र बल्खु हुँदै बाहिरिने गरेका छन् । आइतबार पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ ।

उपत्यकाबाट नजिकका जिल्ला धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाञ्चोक, दोलखा लगायतका जिल्ला रहेकाले शनिबारसम्म सर्वसधारण मतदान गर्न जानेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै