मतदान गर्न सर्वसाधारण उपत्यकाबाट बाहिरिने क्रम बढ्यो

खरीबोट
ad

काठमाडौँ । पहिलो चरणको निर्वाचनका लागि उपत्यकाबाट मतदान गर्नका लागि सर्वसाधारण बाहिरिने क्रम बढेको छ । 

आगामी आइतबार हुन लागेको निर्वाचनमा मतदान गर्नका लागि मंगलबारबाट उपत्यकाबाट सर्वसाधारण बाहिर जाने क्रम बढेको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक उमेश रञ्जितकारले जानकारी दिए । 

उनका अनुसार दैनिक करिब ६० देखि ७० हजार सर्वसाधारण बाहिरिनेमा अहिले त्यो सङ्ख्या बढेर करिब ७४ देखि ८० हजारसम्म पुगेको छ । ‘अहिले दैनिक १५ हजारको सङ्ख्यामा थप मानिस उपत्यकाका बाहिने गरेका छन्’, उनले भने, ‘निर्वाचन हुने जिल्लाका मानिस बढी बाहिरिने गरेका छन् ।’ उनका अनुसार शुक्रबार मात्र करिब ७९ हजार सर्वसाधारण बाहिरिएका छन् । 

प्रवक्ता रञ्जितकारले आज बन्द भन्ने हल्लाले कम बाहिरिए पनि साँझ बढ्ने बताए । सर्वसाधारण मतदान गर्नका लागि थानकोट, कोटेश्वर र बल्खु हुँदै बाहिरिने गरेका छन् । आइतबार पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ ।

उपत्यकाबाट नजिकका जिल्ला धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाञ्चोक, दोलखा लगायतका जिल्ला रहेकाले शनिबारसम्म सर्वसधारण मतदान गर्न जानेछन् । 

सम्बन्धित समाचार

पाकिस्तानको निर्वाचन तालिका परिवर्तन, मुसरफ निर्वाचन लड्न पाउने संकेत

इस्लामावाद । पाकिस्तानको निर्वाचन आयोगले पूर्वघोषित निर्वाचन तालिका परिवर्तन गरेको छ ।  आम निर्वाचनको कार्यतालिका परिवर्तन गरेपनि मतदान हुने दिन भने परिवर्तन नगरिएको आयोगका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।  नयाँ तालिका अनुसार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  निर्वाचन आयोगमा दर्ता 

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछिको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले बुधबार विज्ञप्ति जारी गर्दै एमाले र माओवादी केन्द्रको एकीकरणपछि

निर्वाचनमा रूसी हस्तक्षेपबारे क्षमा याचना गर्ने ‘सम्पूर्ण अधिकार’ म सँग छ - डोनाल्ड ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको सम्भावित रूसी हस्तक्षेपबारे क्षमा याचना गर्ने ‘सम्पूर्ण अधिकार’ आफूमा निहित रहेको भए पनि गल्ती नै नगरेको व्यक्तिले माफी माग्नु

निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक : अध्यक्ष प्रचण्ड

पोखरा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक भएको बताएका छन  ।  नेपाल पत्रकार महासंघ प्रदेश नं ४ द्वारा आज यहाँ