• २०८१ बैशाख ७ शुक्रबार

प्रमुख निर्वाचन आयुक्त डा यादवबाट रसुवा जिल्लाको अनुगमन

kharibot

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही मंसिर १० गते आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीका बारेमा जानकारी लिने क्रममा आज रसुवा जिल्लाको स्थलगत अनुगमन गरेका छन् । 

अनुगमनका क्रममा प्रमुख निर्वाचन आयुक्त डा यादवलाई रसुवाको धुञ्चेमा अनुगमन टोलीका प्रमुख, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखले निर्वाचनका लागि भएका तयारी, सुरक्षा प्रबन्ध, कर्मचारी खटनपटन लगायतका विषयमा जानकारी गराएका थिए । 

उनीहरूले जिल्लामा निर्वाचनका लागि सम्पूर्ण तयारी भएको समेत प्रमुख निर्वाचन आयुक्त डा यादवलाई अवगत गराए । त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनका लागि गरिएका सबै तयारीप्रति सन्तोष प्रकट गर्दै जिल्लामा कुनै पनि किसिमका अवाञ्छित क्रियाकलाप हुन नदिन र अवाञ्छित क्रियाकलाप गर्नेहरूमाथि शून्य सहनशीलता अपनाउन निर्देशन दिए । 

उनले उम्मेद्वार र मतदातालाई सुरक्षाको प्रत्याभूति दिन र समग्र जिल्लालाई नै सुरक्षामा राख्नसमेत निर्देशन दिए । 

प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न, मतपेटिका सुरक्षित राख्ने प्रबन्ध मिलाउन र मतगणनाका लागि अहिलेदेखि नै सुरक्षा सहितको पूर्वतयारी गर्न सम्बद्ध पदाधिकारीलाई निर्देशन दिएका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै