• २०८१ बैशाख १३ बिहीबार

चीनमा भूकम्प, ७ जनाको मृत्यु, कैयौं घाइते 

kharibot

चीनमा आएको भूकम्पपछि

काठमाडौँ । मंगलबार साँझ चीनमा आएको शक्तिशाली भूकम्पमा परी ७ जनाको मृत्यु भएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार अहिलेसम्म ७ जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएको जनाएको छ । 

सिचुआन प्रान्तदेखि ६६ किलोमिटर पर रहेको योङ्लेमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार बेलुका ९ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो । केन्द्रविन्दु वाङ्लेबाट ३६ किलोमिटर पश्चिम जमिनभन्दा १० किलोमिटर मुनी रहेको बताइएको छ । 

अमेरिकी भूगर्भ विभागले ६.५ म्याग्नेच्युडको भूकम्प गएको भनेपनि चिनियाँ एजेन्सीहरुले भूकम्प ७ रेक्टर स्केलको भएको बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै