• २०८१ बैशाख ४ मंगलबार

कोन्टिन्हो र ओजिलमा को आउला बार्सिलोनामा ? मेसीले दिए यस्तो सुझाव  

kharibot

काठमाडौँ । बार्सिलोनाले नेइमारको बहिर्गमनपछि नयाँ प्लेमेकर भित्राउन संघर्ष गरिरहेको देखिएको छ ।

बार्सिलोनाले खेलाडी भित्राउने विषयमा अनेकन रिपोर्टहरु बाहिर आएका छन् । यसमा प्रमुख नाम लिभरपुलबाट खेल्ने ब्राजिलका प्लेमेकर फिलिप कोन्टिन्हो र आर्सनलबाट खेल्ने जर्मनीका मेसुट ओजिल रहेका छन् ।

स्पेनिस मिडिया डियारियो गोलका अनुसार ओजिल र कोन्टिन्होको उमेरको विषय निर्णायक हुने देखिएको छ । बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेसीले म्यानेजर इर्नेस्टो भंल्भेर्डो र क्लबका अध्यक्ष जोसेप बार्टओमिओलाई कोन्टिन्होको तुलनामा ओजिलको उमेर बढी रहेको र उनको प्रदर्शनमा निरन्तरता नरहेको बताएको रिपोर्ट बाहिर आएको छ । कोन्टिन्हो हाल २५ बर्षका छन् भने ओजिल २९ बर्षका भएका छन् ।

मेसीले ओजिल तुलनात्मक रुपमा बुढो भएकोले कोन्टिन्होलाई क्लबमा ल्याउनु हितमा हुने सल्लाह दिएको बताइएको छ । मेसीले जनवरीमा ओजिललाई ल्याउनु भन्दा जुनसम्म पर्खेर कोन्टिन्होलाई ल्याउनु उपयुक्त हुने विचार व्यक्त गरेको बताइएको छ । 

बार्सिलोनामा कोन्टिन्होलाई दिन लागिएको पारिश्रमिकका विषयमा पनि खेलाडीहरु बीच असहमति भएको रिपोर्ट अघिल्लो हप्ता बाहिर आएको थियो । मेसीले सिनियर खेलाडीहरु पिके, इनेष्टालाई अपमान हुनेगरी नयाँ खेलाडी ल्याउन नहुने विचार राखेको रिपोर्ट बाहिर आएको थियो । तर क्लबले कोन्टिन्हो र ओजिलमाथि बढी रुची देखाएपछी मेसीले दुई मध्ये युवा कोन्टिन्होलाई ल्याउनु क्लबको हितमा हुने सुझाव दिइएको बताइएको छ ।

केहि समय अघि मेसीले हाल मोनाकोबाट खेलिरहेका फ्रेन्च मिडफिल्डर थोमस लेमार, हाल लियोनबाट खेलिरहेका अर्का फ्रान्सकै मिडफिलदार नबिल फेकिर र हाल लेस्टर सिटीबाट खेलिरहेका रियाद महरेजलाई भित्राउने सल्लाह दिएको स्पेनिस मिडियाले उल्लेख गरेका थिए ।

त्यस्तै हालै रियल म्याड्रिडविरुद्ध च्याम्पियन्स लिगमा दुई गोल गरेका टोटनह्यामका खेलाडी डेली अलि पनि बार्सिलोनाको दिर्घकालिन खेलाडी हुनसक्ने मेसीले बार्सिलोनाका व्यवस्थापनलाई सुझाव दिएको रिपोर्ट बाहिरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै