• २०८१ बैशाख १३ बिहीबार

चैत २३ मा रिलिज हुने भयो साम्राज्ञीको ‘तिमीसँग’ 

kharibot

काठमाडौँ ।  अहिलेकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत फिल्म 'तिमीसँग' अब चैत २३ गते प्रदर्शनमा आउने भएको छ ।

यस अघि भाद्र ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्म भाद्र १६ गते साम्राज्ञी अभिनीत नै फिल्म 'ए मेरो हजुर २' प्रदर्शनमा आउने भएपछि 'तिमीसँग' भाद्र ८ गतेको रिलिज मिति स्थगित गरिएको थियो । 'तिमीसँग' साम्राज्ञी अभिनीत तेस्रो फिल्म हो । 

फिल्मको यसअघि नै दुई गीत र टीजर सार्वजनिक भइसकेको छ । फिल्ममा साम्राज्ञीसँगै नाजिर हुसेन र आकाश श्रेष्ठको मुख्य भूमिका छ । निर्माता शिशिर यो फिल्मबाट निर्देशनमा पनि डेब्यु गर्दैछन् । 

फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । यस अघि साम्राज्ञी अभिनीत फिल्म ड्रिम्स र 'ए मेरो हजुर २'  सुपर हिट भएका कारण यसको 'तिमीसँग' पनि हिट हुने नौमान गरिएको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै