• २०८१ बैशाख ७ शुक्रबार

सोमबार नौ सय २३ करोड रुपैयाँको ट्रेजरी जारी गर्दे राष्ट्र बैंक

kharibot

काठमाडौ । नेपाल राष्ट्र बैंकले आगामी सोमबार नौ सय २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

राष्ट्र बैकका अनुुसार बाँणिज्य बैक, बिकास बैक र फाईनान्स कम्पनीहरुलाई बोलकवोलको माध्यमद्धारा उक्त परिमाणमा टे«जरी बिल बिक्री गर्न लागिएको हो । 

जारी मिती मसिर १२ गते तोकिएको कुुल टे«जरी मध्येमा २८ दिने अवधिको दुई सय करोड, ९१ दिने अवधिको दुुई सय २३ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको तीन सय करोड र तीन सय ६४ दिने अवधिको दुुई सय करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैकका अनुसार ति ट्रेजरीहरुको परिपक्व हुुने मिती क्रमश २८ दिने अवधिको यही पुुस ११ गते, ९१ दिने अवधिको २०७४ फागुुन १५ गते, एक सय ८२ दिने अवधिको २०७४ जेठ १५ गते र तीन सय ६४ दिने अवधिको २०७५ मंसिर ११ गते रहेको छ ।

यसअघि  पनि राष्ट्र बैकले यही मंसिर चार गते २८ दिने अवधिको दुई सय ७५ करोड र ९१ दिने अवधिको दुई सय करोड रुपैयाँको टे«जरी बिल बिक्री गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै