• २०८१ बैशाख ११ मंगलबार

महिला टी–२० विश्वकप छनोट : नेपालको पहिलो जित, मलेसियामाथि ३३ रनले विजयी 

kharibot

काठमाडौँ ।  आइसीसी टी–२० विश्वकपको एशियाली छनोटमा नेपालले पहिलो जित हात पारेको छ । आज सम्पन्न खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो ।

नेपालले दिएको १ सय ९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाली महिला टोली २० ओभरमा ७ विकेट गुमाएर ७५ रनमा अलआउट भएपछि नेपालले जित हासिल गरेको हो ।
मलेसियाकी इम्याइलिया इलियानीले सर्वाधिक २४ रन बनाइन् भने जियानी सायमिमीले १६ तथा दुरिसिंन्गमले ११ रन बनाएकी थिइन् ।

नेपालकी बलर करुणा भण्डारीले ३ विकेट लिइन् भने सोनु खड्का, सरिता रानामगर, नेरी थापा र रितु कनौजियाले १–१ विकेट लिएका थिए ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले उत्कृष्ट सुरुवातसँगै २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो । खेलमा सीता रानामगरले ३७ रन बनाएकी थिइन् भने ज्योति पाण्डेले २१ रन बनाएकी थिइन् । त्यस्तै काजल श्रेष्ठ १४ रन, रोमा थापा ६, पूर्वकप्तान नेरी थापा ५ र रितु कनौजिया १ रन बनाएर आउट भएका थिए । त्यस्तै इन्दु बर्मा ६ र रुबिना क्षेत्री २ रनमा अविजित रहेका थिए ।

नेपालले प्रतियोगित मा तेस्रो खेलमा पहिलो जित निकालेको छ भने अब दुई खेल खेल्न बाँकी रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै