• २०८१ बैशाख ८ शनिबार

स्टक एक्सचेन्जमा चार वटा संस्थाको सेयर सुचीकरण 

kharibot

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चार वटा संस्थाको सेयर सुचीकरण भएको छ । नेप्सेका अनुसार शुक्रबार दुई वटा बिकास बैंक, एउटा बाँणिज्य बैक र एउटा जलबिद्युत कम्पनीको सेयर नियमित कारोवारका लागि सुचीकरण भएको हो । 

आज ज्योति बिकास बैकको १५ लाख ७० हजार छ सय ३७ दसमलव एक कित्ता सेयर सुुचीकरण भएको छ । नेप्सेका अनुसार ज्योतिले राप्तीभेरी बिकास बैंक र युनियन फाईनान्सलाई प्राप्ती गरेपश्चात आएको सेयर बैंकको नाउँमा सुचीकृत भएको हो । अरुण भ्याली हाईड्रो पावार कम्पनीको पनि आठ लाख ४९ हजार एक सय ९३ कित्ता सेयर नियमित कारोवारको लागि सुचीकृत भएको छ ।

नेप्सेमा अनुसार लक्ष्मी बैकको पनि आज एक करोड १५ लाख ६३ हजार छ सय ५२ कित्ता बोनस सेयर सुचीकृत भएको छ । यसबाहेक वेष्र्टन डेभलपमेन्ट बैंकको पनि तीन लाख १३ हजार नौ सय २० कित्ता बोनस सेयर सुचीकरण भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै