• २०८१ बैशाख ४ मंगलबार

टुथब्रस र टावेल कतिसम्म प्रयोग गर्ने ? जानी राखौ 

kharibot

काठमाडौँ । हामीले दैनिक रुपमा प्रयोग गर्ने कतिपय चिजहरु लगातार लामो समयसम्म प्रयोग गरिरहेका हुन्छौ । हामीलाई थाहा हुदै यी चिजहरु कति लामो समयसम्म प्रयोग गर्नुपर्छ भनेर ।

हामीले दिनहुँ प्रयोग गर्ने टुथब्रस, टावेल कति लामो समयसम्म प्रयोग गर्ने भन्ने यकिन हुदैन । कतिपयले त दात माझ्ने ब्रस पनि महिनौसम्म प्रयोग गरेको देखिन्छ । जानिराख्नुस यी चिजहरुको पनि एक्स्पाएरी डेट हुन्छ अर्थात कति लामोसमयसम्म प्रयोग गर्ने भन्ने सिमा हुन्छ । 

आउनुहोस हामी तपाईलाई बताउदैछौ कुन चिट कति समयसम्म प्रयोग गर्नु पर्दछ :

टुथब्रस : हामी मध्ये कतिले दिनहुँ दात माझ्ने ब्रस लामो समयसम्म प्रयोग गरेको देखिन्छ । टुथब्रस सामान्यतया तीन महिना भन्दा बढी प्रयोग गर्नु हुदैन । तीन महिनाभन्दा बढी समय ब्रसको प्रयोग गर्नाले तपाइँलाई चिसो लाग्ने, फ्लु हुने या कासो लाग्ने हुन् सक्दछ । त्यसैले आफुले प्रयोग गर्ने ब्रस तीन महिना भन्दा बढी प्रयोग नगरौ ।

हेयर ब्रश : हामीले कपाल कोर्ने ब्रस पनि बर्षौसम्म प्रयोग गरेको देखिन्छ । हेयर ब्रस प्रत्येक हप्ता धुने गर्नाले यसमा जम्ने गरेको मैला हटाउन मद्धत गर्दछ भने कपालमा पनि कुनै असर हुनबाट बचाउछ । सामान्यता कपाल कोर्ने ब्रस एक बर्ष भन्दा बढी प्रयोग गर्नु हुदैन ।

टावेल : हामीले दिनहुँ प्रयोग गर्ने टावेल हाम्रो स्वास्थ्यमा असर गर्ने सजिलो माध्यम हो । यसमा बसेर रहेका जर्म्स हाम्रो रोगको प्रमुख कारण बन्न सक्दछन् । त्यसैले दिनहुँ प्रयोग गर्ने टावेल सकेसम्म छिटो छिटो धुने गर्नु पर्दछ । जति राम्रो भएपनि टावेल तीन बर्ष भन्दा बढी प्रयोग गर्नु हुदैन । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै