• २०८१ बैशाख १२ बुधबार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको भाइबर सेवा संचालन

kharibot

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा पहिलो पटक भाइबर सेवा सुरु गरेको छ । उक्त भाइवर सेवा मार्फत ग्राहक महानुभावहरुले सहज रुपमा आफ्नो मोवाइल ल्यापटप, ट्यावलेट , कम्यूटर लगायतबाट रेमिटान्स सेवाको सम्पुर्ण जानकारी लिन सकिने कम्पनिले जानकारी दिएको छ ।

ग्राहकरुले सिटी एक्सपे्रसको भाइबर सेवामार्फत आफुले पठाएको कारोबारको सम्पुर्ण जानकारी, विनिमय दर, एजेन्टको विवरण ग्राहक सेवातथाअन्य सम्बन्धित जानकारी लिन सकिने र यो सेवा सिटी  एक्सप्रेस मनी ट्रान्सफरका ग्राहकरुले मात्र भनएर जोसुकैले पनि उपयोग गर्न सकिने बताइएको छ ।    

सञ्जाल विस्तारको क्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरले देशका अधिकांश बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो करिब ५ हजार भन्दा बढि एजेन्टहरुद्वारा सेवा प्रदान गर्दै आईरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै