• २०८१ बैशाख ६ बिहीबार

युरोपा लिगमा इभर्टनको लज्जास्पद हार

kharibot

काठमाडौँ । युरोपा लिग अन्तर्गत इङलिश क्लब इभर्टन लज्जास्पद रुपमा पराजित भएको छ ।

गए राति भएको खेलमा इटालियन क्लब अटलान्टाले इंग्लिस क्लब इभर्टनलाई ५-१ ले हराएको हो । पहिलो हाफ १-० रहेको खेलमा दोस्रो हाफको ७० मिनेटपछि ५ गोल भएको थियो । दोस्रो गोल ६३औँ मिनेटमा भएको थियो ।    

अटलान्टाका लागि खेलको १२औँ मिनेटमै मिडफिल्डर ब्रायन क्रिसटान्टले गोल गरेर अग्रता दिलाएका थिए । खेलको ६३औँ मिनेटमा ब्रायनले नै गोल गर्दै अटलान्टाको अग्रता दोब्बर पारेका थिए । खेलको ७१औँ मिनेटमा इभर्टनका लागि रामिरेजले गोल गर्दै अग्रता कम गरेका थिए । अटलान्टाका लागि ८६औँ मिनेटमा गोसेन्स, ८८औँ मिनेटमा र अतिरिक्त समयमा क्रोर्नेलिअसले गोल गर्दै ५-१ को जित दिलाएका थिए ।  

समूह ‘इ’ मा रहेको इभर्टन प्रतियोगिताबाट बाहिरिसकेको छ । इभर्टनले पाँच खेलमा एउटा पनि जित्न सकेको छैन । एक खेल बराबरी खेलेका कारण एक अंक बनाएको छ । समूह ‘इ’ कै शीर्षमा रहेको अटलान्टाले भने कुनै पनि खेल हारेको छैन । तीन खेलमा जित र दुई खेलमा बराबरी गरेर ११ अंक बनाएको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै