आफ्ना कर्मचारीहरुको डिजिटल प्रतिभाको विकास गर्न एनसेलको 'डिजिटल ज्याम'

खरीबोट

काठमाडौं । एनसेल ले आफ्ना सबै कर्मचारीहरुमा डिजिटल प्रतिभाको विकास गर्दै कम्पनीका सेवालाई थप परिस्कृत तथा सेवाप्रवाहलाई अझप्रभावकारी बनाउने उद्देश्य लिई बिहिवार 'डिजिटल ज्याम' कार्यक्रम आयोजना गरेको छ ।

उक्त एक दिवसीय कार्यक्रममा एनसेलका सबै कर्मचारीले अनलाइन र अफलाइन माध्यमबाट सिक्दै डिजिटल मानसिकताको विकास र कामगर्ने नयाँतरिकाका बारेमा परिक्षण गरे । साथै कसरी ग्राहकको आवश्यकता अनुसार नविन सेवा तथा आकर्षक ग्राहक संलग्नताका प्रयासलाई थप तदारुकताका साथ संचालन गर्ने भन्ने विषयमा विभिन्न गतिविधिमा सहभागीभई डिजिटल टुल्सहरुको प्रयोग गर्दै मोबाइल एप, च्याटबट र वेबसाइट लगायतका विभिन्न सोलुसन्सहरु बनाएका थिए ।

डिजिटल प्रतिभाको रुपान्तरणलाई अझ तदारुकताका साथ अघि बढाउने आजिआटा ग्रुपको पहल अन्तर्गत एनसेलले डिजिटल ज्याम कार्यक्रमको आयोजना गरेको हो । आजिआटा ग्रुपको दक्षिण–पूर्वी एसियार दक्षिण एसियाका मुलुकहरुमा रहेका ६ वटा कम्पनीहरु –– एनसेल (नेपाल), रोबी (बङ्गलादेश), डायलग (श्रीलंका), सेलकम (मलेसिया), स्मार्ट (क्याम्बोडिया) र एक्सएल (इण्डोनेसिया) –– मा एकै साथ संचालन गरिएको यो कार्यक्रम एसियाकै सबैभन्दाठूलो कर्मचारी लक्षित अनलाइन एक्टिभेसन कार्यक्रम हो । यसमा आजिआटा ग्रुप अन्तर्गतका १२ हजार कर्मचारीको सहभागिता रहेको थियो ।

‘‘कनेक्टिभिटी र कम्युनिकेसन्स्ले यो विश्व द्रुत गतिमा परिवर्तन भइरहेको छ र दूरसञ्चार क्षेत्रकालागि नयाँ तरिका अवलम्बन गर्दै ग्राहकसँग निरन्तर आबद्ध रहनु, नयाँसोलुसन्स्को विकास गर्नु र नवीन सोचाइका साथ सेवाहरुको सिर्जना गर्दै ग्राहकको जीवन सुधार्न सिक्नु बाहेक अरु कुनै विकल्प छैन,’’ आजियाटा ग्रुपका अध्यक्ष तथा प्रमुखकार्यकारी अधिकृत जमालुद्दिन इब्राहिमले भने । 'मलेसिया होस् वा नेपाल हाम्रा सबै कम्पनीमा कार्यरत कर्मचारीहरु नै हाम्रो सफलताको मेरुदण्ड हुन् । विश्व बजारमा डिजिटाइजेसनले जसरी गतिलिएको छ, त्यससँगै हाम्रो प्रतिस्पर्धी क्षमताको निर्धारण गर्न र कम्पनीको विकासका लागि कर्मचारीको प्रतिभा महत्वपूर्ण भएको छ।'

आजियाटाले आफ्ना कर्मचारीहरुको डिजिटल प्रतिभा विकासका अभ्यासलाई तदारुकताका साथ अघि बढाउन आउदो ३ वर्षमा ६० लाख अमेरिकी डलर लगानी गर्ने प्रतिवद्घता जनाएको छ । यस अन्र्तगत आजियाटाले आफ्ना सबै तहका कर्मचारीहरुको प्रतिभामा निखार ल्याउन र महत्वपूर्ण डिजिटल विकास एवं तिनीहरुको क्षमता अभिवृद्धिमा लगानी गर्नेछ ।

देशको विभिन्न भागमा फोरजी तथा थ्रिजी सेवाको तिब्र विस्तार गरिरहेको समयमा एनसेलले डिजिटल ज्याम कार्यक्रमको आयोजना गरेको हो । 'डिजिटल नेपालनिर्माणको यात्रामा अगाडी बढि रहदा आफ्ना ग्राहकलाई अझ सार्थक रुपमा सेवा प्रदान गर्न र उनीहरुसँग आबद्घ रहनहामीले डिजिटाईजेसन अंगीकार गर्दै एक साझा लयमा काम गर्न आवश्यक छ । यसका लागि आवश्यक नयाँ सीप र विधिहरु प्रदानगर्दै आफ्ना कर्मचारीहरुलाई डिजिटल भविष्यका लागि तयार पार्न यो डिजिटल ज्याम दिवस सफलभएको छ,' एनसेलका प्रबन्ध संचालक सुरेन जे अमरासेकराले भने ।

आजियाटा ग्रुपसँग आबद्घ एनसेल, अनुकूल र गतिशील वातावरणको निर्माण गर्दै थप आधुनिक, चुस्तबन्न र आफ्नो कार्यकक्षमा डिजिटल संस्कृतिको विकास गर्न सँधै तत्पर छ, अमरासेकराले भने ।

एसियाकै एक अग्रणी दूरसञ्चार समुहका रुपमा रहेको आजियाटाले सन् २०२१ सम्ममा नयाँ पुस्ताको डिजिटल च्याम्पियनको रुपमा रुपान्तरित हुने दीर्घकालिन लक्ष्य लिएको छ । डिजिटल रुपान्तरणको लक्ष्य अनुरुप आजियाटाले सन् २०१३ देखि आफ्नो मुख्य मोबाइल सेवा व्यवसायलाई बलियो पार्दै व्यवसायमा विविधीकरण गर्दै पुर्वाधार तथा टावर सेवा, फिक्स्ड मोबाइल कन्भर्जेन्स् र इन्टरप्राइज इन्टरनेट अफथिङ्स् जस्ता नयाँ उद्यममा पनि आफुलाई समाहित गरेको छ । आजियाटाको दीर्घकालिन विकास योजनाका लागि जनशक्ति र प्रतिभामा रुपान्तरण पनि महत्वपूर्ण छ ।

सम्बन्धित समाचार

एनसेलको फोरजी केन्द्रित मेला पुष ८ बाट सुरु हुदै, चार शहरमा हुने

काठमाडौं । एनसेलले देशको विभिन्न चार शहरहरुमा यहि पुष ८ देखि एनसेल मेला २०७४ को आयोजना गर्ने भएको छ ।  आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हँदै खुसियाली साटासाट गर्न र

एनसेलले ल्यायो सुलभ नयाँ भ्वाइस प्याक, भ्वाइस सेवा 

काठमाडौं । एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । जस अनुसार एनसेलका ग्राहकले अब अझै सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्ने एनसेलले जनाएको छ

आफ्ना कर्मचारीहरुको डिजिटल प्रतिभाको विकास गर्न एनसेलको 'डिजिटल ज्याम'

काठमाडौं । एनसेल ले आफ्ना सबै कर्मचारीहरुमा डिजिटल प्रतिभाको विकास गर्दै कम्पनीका सेवालाई थप परिस्कृत तथा सेवाप्रवाहलाई अझप्रभावकारी बनाउने उद्देश्य लिई बिहिवार 'डिजिटल ज्याम' कार्यक्रम आयोजना गरेको छ । उक्त एक

एनसेल र आईफ्लिक्सबीच सहकार्य, ग्राहकलाई असिमित डेटा र आइफिल्क्समा पहुँच 

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले यहि बुधबार विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा आइफिल्क्ससँग सहकार्य गरेको घोषणा गरेको छ । यो सहकार्य अन्तर्गत, एनसेलका ग्राहकले बिहीबार असोज २६ देखि