• २०८१ बैशाख ५ बुधबार

सप्तरीमा उपेन्द्र यादवविरुद्ध उम्मेद्वारी दिने राजपा नेता ठाकुर निष्काशित

kharibot

काठमाडौं । सप्तरी क्षेत्र नम्वर–२ मा राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका जयप्रकाश ठाकुर समेत राजपाले मधेस गठबन्धनविरुद्ध उम्मेदवारी दिएको भन्दै कारबाहीमा परेका छन् । 

प्रदेश नम्वर २ मा संघीय फोरम र राजपाबीच चुनावी गठबन्धन गरिए अनुसार सप्तरी–२ मा संघीय फोरमबाट उपेन्द्र यादव प्रतिनिधिसभा उम्मेदवार बनेका छन् ।

राजपाका संयोजक महन्थ ठाकुरले बिहिबार प्रेस विज्ञप्ति जारी गरी गठबन्धन विरुद्ध उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्ताहरुलाई दुई वर्षसम्मका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै