• २०८१ बैशाख १३ बिहीबार

ओलीले सपनामा पनि चुनाव सारेको देख्न थाले – प्रधानमन्त्री देउवा 

kharibot

रोल्पा ।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली प्रति व्यंग गर्दै ओलीले सपनामा पनि चुनाव सारेको देख्न थालेको बताएका छन् ।

मौन अवधि सुरु हुन् केहि समय अघि चुनावी सभालाई सम्बोधन गर्न रोल्पा पुगेका प्रधानमन्त्री देउवाले भने-‘मंसिर १० र २१ गते चुनावमा भोट हालेर पनि ‘शेरबहादुर देवाले चुनाव सार्दै छ,’ भन्दै, ‘ओलीले हिजोआज सपनामा पनि चुनाव सारेको देख्दैछन् ।’ भन्ने आरोप लगाए ।

प्रधानमन्त्री देउवाले द्वन्दकालमा सबै भन्दा बढी कांग्रेसका कार्यकर्ता मारिएको जिल्ला रोल्पा भएको बताउदै अहिले लोकतन्त्रमाथि खतरा उत्पन्न भएकाले प्रजातन्त्र र गणतन्त्र ल्याउने नेपाली कांग्रेसलाई भोट हाल्नुपर्ने उनले बताए । उनले एकदलीय कम्युनिष्ट कि बहुदलीय अब रोज्नुपर्ने समय आएको बताए ।

कम्युनिष्ट सरकार आयो भने डर र त्रासमा बाँच्नुपर्ने भन्दै सभापति देउवाले ‘नेपालका कम्युनिष्टले विश्वमै खत्तम भइसकेको व्यवस्था नेपाल ल्याउन चाहेको’ बताए । उनले भने, ‘नेपालका कम्युनिष्टहरुले चीनमा सकिएको माओवाद, रुसमा लेनिनवाद र माओवादको सपनामा जनता भुलाइरहेका छन् ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै