• २०८१ बैशाख ८ शनिबार

महानगरमा विकास निर्माणले गति लियो- मेयर शाक्य

kharibot

काठमाडौँ  । वर्षा सकिएसँगै काठमाडौँ महानगरपालिकामा विकास निर्माणको कामले गति लिएको छ । काठमाडौँ वडा २५ ढोका बहालमा उग्रतारा महिला तथा बाल विकास केन्द्रको उद्घाटन गर्दै प्रमुख विद्यासुन्दर शाक्यले विकास निर्माणको कामले गति लिएको बताएका हुन् । 

महानगरको विकास निर्माणका लागि ११५ वटा कार्यक्रम शुरु गरिएको जानकारी दिए । ती आयोजनाका लागि एक अर्ब भन्दा बढीको बजेट विनियोजन गरिएको छ । 

‘जीवन्त, सुन्दर र समृद्ध शहर बनाउने मेरो योजना निरन्तर अघि बढेको छ’–उनले भने, ‘मेलम्ची खानेपानी निर्माण, निर्माण सामग्री जथाभावी राख्ने जस्ता कारणले अझै हामीले सुन्दर सहर बनाउन सकेका छैनौँ । अब हामी यसमा ध्यान दिन्छौँ ।’ 

शाक्यले जथाभावी रुपमा सडकमा राखिएका निर्माण सामग्रीको व्यवस्थापन पनि भइरहेको स्पष्ट पारे । उनले स्थानीय तहको सरकार अहिले भएको र केन्द्र र प्रदेशमा पनि एमालेको सरकार भयो भने विकास गर्न सजिलो हुने दाबी गरे । 

‘स्थानीय तहमा एमालेको नेतृत्व छ’–उनले भने, ‘प्रदेश र संघमा वाम गठबन्धनलाई विजयी बनाएर पठाउनु होला । तपाईँहरुको विकासका सपना पूरा हुनेछन् ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै